Logo

फेरी सर्यो चीनको इन्टरनेट सञ्चालनको मिती, टेलिकम भन्छ ‘अगष्टबाट चल्छ’

फेरी सर्यो चीनको इन्टरनेट सञ्चालनको मिती, टेलिकम भन्छ ‘अगष्टबाट चल्छ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको ८ महिना लागेपनि नेपालीले हालसम्म चीनको इन्टरनेट उपयोग गर्न पाएका छैनन् ।

गत मंसिर २१ गते नेपाल टेलिकम र चाइना टेलिकमबीच नेपालमा चीनको इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको थियो । दुई कम्पनीबीच गत फागुनबाट व्यवसायिक रुपमा स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्झौता भएको हो ।

तर फागुनमा हिउँ पग्लिने भएकाले मार्चपछि मात्रै चिनियाँ इन्टरनेट आउने बताएको थियो । त्यसपछि चीनतर्फको भागमा रहेको अप्टिकल फाइबर ‘रिरुट ’ गर्नुपर्ने बेला बाक्लो हिउँ जमेपछि अप्टिकल मार्गको २० किलोमिटर बाटो परिवर्तन गर्नपरेको थियो ।

रिरुटका क्रममा ‘हाइ अल्टिच्युट’ मा काम गर्दा एक जना कामदारको मृत्यु भएपछि स्थानीयको अवरोधले काम सुचारु हुन नसकेको टेलिकमका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।‘चिनीयाँ कम्पनीले अनुमती लिएर काम काम सूचारु गरेको छ उनले भने ‘कम्पनीका अनुसार अगष्टको अन्त्यसम्म इन्टरनेट आउने छ ।’

त्यसो त टेलिकमले यसअघि जुलाई बाट इन्टरनेट सञ्चालनमा आउने बताएको थियो ।

हिउँले पुरिएर चीनतर्फको भागमा अप्टिकल भाँचिएकोको थियो । सोही रुटबाट ब्यान्डवीथ पठाउँदा अवरोध हुने तथा व्यवसायिक रुपले आदान प्रदान गर्न अप्ठेरो पर्ने भएकोले रिस्टोर गरेर मात्र पठाउने भन्दै चाइना टेलिकमले नेपाल टेलिकमलाई जानकारी गराएको थियो ।

चिनियाँ पक्षले उक्त मार्ग निर्माणको काम सकिने वित्तिकै व्यवसायिक रुपमा इन्टरनेट नेपालमा आउने जानकारी गराएको हो । टेलिकमले धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । रसुवाको जिलोङ गेटवे हुँदै चिनियाँ इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिने छ ।

टेलिकम र चाइना टेलिकम ग्लोवलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलमार्गवाट जोड्ने तथा नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्झौता भएको हो । हाल नेपालले भारत हुँदै आएको इन्टरनेट प्रयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL