Logo

टेलिकमको आईपी बेस्ड ल्याण्डलाईन संचालनमा, आइपीटीभी र भिडियो सेवा उपलब्ध

टेलिकमको आईपी बेस्ड ल्याण्डलाईन संचालनमा, आइपीटीभी र भिडियो सेवा उपलब्ध


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले आईपी बेस्ड प्रविधिको टेलिफोन सेवा संचालनमा ल्याएको छ । टेलिमकले पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई विस्तापित गर्दै नयाँ प्रविधिको टेलिफोन सेवा संचालनमा ल्याएको हो । टेलिकमले साउन १ गते कपन एक्सचेन्ज र साउन ४ गते कीर्तिपुर एक्सचेन्जमा नयाँ प्रविधिको सेवा संचालनमा ल्याएको हो ।

कीर्तिपुर एक्सचेन्जका ५ हजार ८ सय २३ लाइन र कपन एक्सचेन्जका ६ हजार ५ सय ३३ लाइनमा आईपी वेस्ड प्रविधि कार्यान्वयनमा ल्याएको हो । आइपी बेस्ड उपकरणबाट गएसँगै ल्यान्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा सुधार हुने टेलिकमको अपेक्षा छ ।

यस प्रविधि अन्तर्गतका सबै लाइनबाट ग्राहकको मागअनुरुप एडीएसएल लाइन उपलब्ध गराउन सकिने टेलिकमले जानकारी दिएको छ । साथै भविष्यमा ल्यान्डलाइन सेवामा आधारित अन्य आधुनिक सेवा जस्तै ः आईपीटीभी, भिडियो अन डिमान्ड आदि सेवा समेत प्रदान गर्न मद्दत पुग्ने छ ।

नेपाल टेलिकमले हाल सञ्चालनमा रहेका पुराना प्रविधिका पीएसटीएन (ल्यान्डलाइन) टेलिफोन सेवाको गुणस्तर अभिबृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गरेको छ । गत असार २३ गते नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले नयाँ प्रविधिको पीएसटीएन टेलिफोन सेवाको उद्घाटन गरेका हुन् ।

टेलिकमले आगामी दुई महिना भित्रमा मुलुकका १ लाख ३४ हजार पीएसटीएन टेलिफोन लाइनका उपकरणहरुलाई आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गर्ने भएको छ । आगामी आर्थिक वर्ष भित्रमा कुल ४ लाख ल्यान्डलाइन सेवालाई यस प्रविधिबाट प्रतिस्थापन गरिसक्ने योजना टेलिकमको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL