Logo

धौलागिरीको बिकट स्थानमा टेलिकमको टावर, दुरसञ्चारको पहुँचमा स्थानीय

धौलागिरीको बिकट स्थानमा टेलिकमको टावर, दुरसञ्चारको पहुँचमा स्थानीय


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा बिटीएस टावर सञ्चालनमा ल्याएको छ । टेलिकमले मुस्ताङको मुक्तिनाथ देखि लोमान्थाङ सम्मको सम्पूर्ण उपल्लो मुस्ताङ, म्याग्दीको गुर्जा र बाग्लुङको ढोरपाटनमा नेटवर्क विस्तार गरेको हो ।
गत बैशाख देखी धौलागिरी अञ्चलका दुर्गम  ७४ वटा टुजी तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने ३८ वटा थ्रीजी बिटीएस स्थापना गरी सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

धौलागिरीका चारवटा जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङका शहरी तथा जनघनत्व भएका स्थानमा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २१ वटा थ्रीजी बिटीएस स्थापना गरी गत वर्षबाट सेवा सञ्चालनमा ल्याएको थियो ।

गत दुई महिनाको अवधिमा धौलागिरी अञ्चलका म्याग्दीको तकाम, दाना र डुवा पर्वतको लेखफाट र शंकरपोखरीकोट साथै बाग्लुङको तमान र दुधिलाभाटीमा१३ वटा टुजी तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने टावर स्थापना गरी सञ्चालनमा ल्याईएको छ ।

यस मध्ये नेपाल टेलिकमले म्याग्दीको रघुगंगा गाँउपालिकाको केन्द्र पाखापानीमा ३० मीटरको ग्राउण्ड बेस्ड बिटीएस टावर स्थापना गरी असार २० गते देखि टुजी सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त टावर सञ्चालन पश्चात पाखापानी, कोटडाँडा, ठाडाखानी, रायखोर, चिमखोला, दमीज र कुइनेमंगलेका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु मोबाइल सेवाबाट लाभान्वित हुनेछन् ।

साथै बाग्लुङको पयूँपाटा खर्सेडाँडामा बिटीएस टावर स्थापना गरी असार २१गते देखि टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याएको छ । उक्त टावर सञ्चालन पश्चात पाङ, सर्हसधारा, नयाँपुल, अरमादी र छर्मकेका बासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित हुनेछन् ।

अव यस क्षेत्रका उपभोक्ताहरुले पनि जिएसएम मोवाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL