Logo

आइसिटी अवार्ड २०१७ भदौ २ मा हुँदै, अनलाइन मनोनयन शुरु

आइसिटी अवार्ड २०१७ भदौ २ मा हुँदै, अनलाइन मनोनयन शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइसिटी अवार्ड २०१७ भदौ २ गते हुने भएको छ । लिभिङ विथ आइसिटीले सूचना प्रविधि क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्देश्यसहित दोश्रो संस्करणको आइसिटी अवार्ड आयोजना गर्न लागेको हो ।

प्रविधि क्षेत्रका अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरको रुपमा अवार्ड कार्यक्रम हुन लागेको कम्पनीका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

यस बर्ष आइसिटी अवार्डमा ५ ओटा विधा समाबेश गरिएको छ । बेष्ट आइसिटी स्टार्टअप अवार्ड, बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड, आइसिटी पायोनियर, आइसिटी स्कोलर र बेष्ट नेपाली डायस्पोरा आइसिटी अवार्ड रहेका छन् ।

कम्पनीले बेष्ट इनोभेटिभ, नेपाली डायस्पोरा र आइसिटी स्कोलर अवार्ड थप गरेको हो । बेष्ट इन्नोभेटिभ अन्तर्गत गत असार २० गतेदेखि आजसम्म निर्माण गरिएका नयाँ सुचनाप्रविधि सम्बन्धी सामग्रीले भाग लिन पाउने छन् । त्यस्तै आइसिटी स्कोलरमा हाल इन्जिनियरिङमा व्याचलर्स गरेका विद्यार्थीहरुले निर्माण गरेका सामग्री सहभागी गरिने छ । नेपाली डायस्पोरामा भने विदेशमा रहेर आइसिटीमा योगदान दिएकाहरुलाई सम्मान गरिने छ ।

स्टार्टअप कम्पनी अवार्डमा ३ बर्षभित्रका नयाँ आइसिटी कम्पनीले भाग लिन सक्ने अध्यक्ष लम्सालले जानकारी दिए । त्यसैगरी आइसिटी पायोनियर यस क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई दिने सम्मान हो ।

यी अवार्डहरुमा सहभागी हुन डब्लडब्लुडब्लु डट आइसिटीअवार्डनेपाल डट कम मा गई इच्छा अनुसारको विधामा अनलाइन फारम भर्नुपर्ने हुन्छ । इच्छुकले असार ३१ गतेसम्म फरक बुझाउन सक्ने आयोजकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL