Logo

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा, महिला पुरुषको आवाज परिवर्तन गर्न मिल्ने

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा, महिला पुरुषको आवाज परिवर्तन गर्न मिल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहका लागि ‘म्याजिकभ्वाइस’ सेवा ल्याएको छ । एनसेलले प्रिपेड तथा पोस्टपेड ग्राहकहरुका लागि नयाँ रोचकभ्यालु एडेड सर्भिस ल्याएको हो । सो सेवा अन्र्तगत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँगे मोबाइलमा कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्नेछन् ।

यो सेवा सुचारु गरे लगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरि कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् । यसका साथ(साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोन लगायतकाविभिन्न ब्याकग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न सक्नेछन् । यो सेवा आईभिआरमा आधारित भएकोले कुनै पनि मोबाइल सेट प्रयोग गर्नुहुने एनसेल प्रयोगकर्ताले यो सेवा सजिलै प्रयोग गर्न सक्नेछन् ।

म्याजिकभ्वाइस सेवा हिजोदेखि लागु भएको छ । एनसेलका ग्राहकले दैनिक वा साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतःनविकरण हुने गरी सुचारु गर्न सक्नेछन् । एनसेलका ग्राहकले कर सहित मात्र २ रुपैयाँमा दैनिक म्याजिकभ्वाइस सेवा सुचारु गर्न सक्नेछन् भने साप्ताहिक रुपमा यो सेवा सुचारु गर्न कर सहित १० रुपैयाँ लाग्नेछ ।

सेवा सुचारु गर्न चाहने ग्राहकले एस्ट्रिक्स१७१३५ह्यास डायल गरी अथवा १७१३५ डायल गरि यो सेवानिःशुल्क सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएस मार्फत पनि यो सेवासुचारु गर्न सक्नेछन् । दैनिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘एमभि१’ र स्वतःनविकरण हुने दैनिक सेवाको लागिअङग्रेजी ठूलो अक्षरमा ‘एमभि’ लेखि १७१३५ मा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै स्वतःनविकरण हुने साप्ताहिक सेवाको लागिअङग्रेजी ठूलो अक्षरमा ‘७एमभि’ र साप्ताहिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘७एमभि१’ टाइप गरी १७१३५ मा एसएमएस पठाउनु पर्नेछ ।

सेवा सुचारु गरेपछि एनसेलकाग्राहकले १७१३५ डायल गरि आफुले कुरा गर्न खोजेको नम्बर डायल गरी निर्देशनअनुसार १, २ वा ३ प्रेस गरी कुनै पनिआवाज छान्न सक्नेछन् भने ४, ५, ६ वा७ प्रेस गरी आफुले चाहेको ब्याकग्राउण्ड साउण्ड छनोट गरी सेवाको मजालिन सक्नेछन् । यो सेवाअन्तर्गतको म्याजिकभ्वाइस तथा ब्याकग्राउण्ड साउण्डमा कुरा गरीरहेको बेलामा डायल प्याडबाट ‘०’ पे्रस गरी प्रयोगकर्ताहरु आफ्नै आवाजमाफर्कन सक्छन् ।

म्याजिक भ्वाइसबाट कुरा गर्दा भ्वाइस सेवाअन्तर्गतको विद्यमान् शुल्कलाग्ने छ । यस्ता खालका सेवाले ग्राहकलाई सेवा प्रयोगको अनुभव अभिवृद्घिमा योगदान गर्ने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । साथै यो सेवामा मासिक रुपमा थप विभिन्न क्यारेक्टरहरुको आवाज र ब्याक ग्राउण्ड साउण्डहरु थप्दै लगिने उनले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL