Logo

सार्बजनिक बसमा टेलिकमको इन्टरनेट, सिडिएमए नेटवर्क भएको सबै ठाउँमा सेवा

सार्बजनिक बसमा टेलिकमको इन्टरनेट, सिडिएमए नेटवर्क भएको सबै ठाउँमा सेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सोमबारदेखि शुरु भएको छ । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बसमा इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।

मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकुन भन्ने उद्देश्यले टेलिकम र साइबरनेटीक्स प्रालिका बीच एनटी बस इन्टरनेट सञ्चालन सम्बन्धमा केही दिन अघि सम्झौता सम्पन्न भएको थियो ।
सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रदिपराज उपाध्याय र साइबरनेटीक्स प्रालिको तर्फबाट अध्यक्ष जेम्स न्याछ्योँले हस्ताक्षर गरेका थिए ।

सो अबसरमा कम्पनीका कर्पोरेट तथा व्यावसायिक रणनीति विभागका प्रबन्धक प्रतिभा वैद्यले सहकार्यबाट लामो तथा छोटो दुरीका बस यात्रुहरुले यात्राका क्रममा वाइफाइ मार्फत निःशुल्क इन्टरनेट, भिडियोलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने बताइन् । उक्त अवसरमा साइबरनेटीक्स प्रालिका अध्यक्ष जेम्स न्याछ्योँले एनटी बस इन्टरनेट सेवा सम्बन्धी विस्तृत जानकारी गराएका थिए ।

एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने छ । यो डब्लुसिडीएमए वा सिडीएमए प्रविधिबाट सञ्चालन हुने भएकोले नेपाल टेलिकमको सिडिएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिन्छ । यसका लागि वस कम्पनीहरुले साइवरनेटीक्स प्रालीसँग सम्पर्क गरी सो सुविधा प्राप्त गर्नुपर्छ ।

एनटी बस इन्टरनेट सेवाबाट बस, माइक्रोबस, कार आदिमा यात्रा गर्दा सरल र सुलभ तरिकाले इन्टरनेट चलाउन सकिन्छ । एनटी बस इन्टरनेट सेवाबाट यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट आदिमा वाइफाइ कनेक्ट गरी इन्टरनेट चलाउन सकिने बैद्यले जानकारी दिइन् ।

नटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकोले अफलाइनमा पनि फिल्म, भिडियो, गीतहरु सुन्न र हेर्नुको साथसाथै गेमहरु एवं एप्सहरु पनि निःशुल्क डाउनलोड गर्न सकिन्छ । साथै आफ्नो सवारी साधन कहाँ छ, सोको जानकारी जिपिएस प्रविधि मार्फत कुनै पनि क्षण कार्यालयबाट नै पत्ता लगाउन सकिनेछ ।

यो सेवा शुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशुल्क रिम कार्ड सहित १० जिबी डाटा नेपाल टेलिकमले उपलब्ध गराउने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL