Logo

छोटोसमयमै लोकप्रिय बन्यो मोवाइल एप्स ‘रिचार्जर, २५ हजार भन्दा बढी डाउनलोड

छोटोसमयमै लोकप्रिय बन्यो मोवाइल एप्स ‘रिचार्जर, २५ हजार भन्दा बढी डाउनलोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल कि टेक्नोलोजी प्रालिले ल्याएको मोबाइल एप्स रिचार्जर छोटो समयमै लोकप्रिय बनेको छ । एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध यो एप छोटो अबधीमा नै २५ हजारभन्दा बढीले डाउनलोड गरिसकेको ग्लोबल कि टेक्नोलोजी प्रालिले जानकारी दिएको छ ।

फेसबुक, इन्स्टाग्राम तथा बिभिन्न वेवसाइटका १०० भन्दा बढी प्रमाणित तथा बिश्वासिला बिक्रेताहरुका उत्पादन एउटै एप्स रिचार्जरबाट सपिङ गर्न सकिने तथा नेपालभरी डेलिभरी गरिने कम्पनीका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

मोबाइल एप्स रिचार्जर मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याक पाउने कम्पनीले जानकारी दिएको छ । साथै क्यासब्याक मार्फत जम्मा भएको रकम सपिङमा खर्च गर्न सकिने बताएको छ ।

अनलाइन खरिदकर्ता र बिक्रेताका विच समन्वयगर्दै छिटो छरितो र शुलभ मुल्यमा देशैभर सामान डेलिभरी गर्न सकिने ग्लाइडरले बताए । समय र पैसाको बचतसँगै देशको अर्थतन्त्रलाइ मजबुत बनाउने लक्ष्क्ष्यका साथ युवाहरुको पहलमा तयार गरिएको नेपाली एप रिचार्जरलाई अनलाइन सपिङ हबको रुपमा अगाडी बढाइएको कम्पनीले जानकारी दिएको छ ।

रिचार्ज गर्दा पाउने रकमबाट बिना झन्झट घरमै बसेर फिल्महलको टिकट, होटल बुकिस्ङ, प्लेनको टिकट बुकिङ, रेष्टुरेन्ट, अनलाइन सपिङ तथा एप्सले दिने अन्य सुबिधालगायतका कार्यहरुमा खर्च गर्न सकिने ग्लाइडरले बताए ।

इसेवा, एससिटी कार्ड, ग्लोबल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्र्रे बैंक, एनआइसी एसिया बैंक र प्रभु बैंक बाट अनलाइन रिचार्जका साथै अनलाइन पेमेन्ट गर्नुका साथै अर्डर गरिएको सामान क्यास एण्ड डेलिभरीमा पनि भुक्तानी गर्न सकिने छ । यो एप्स प्रयोग गर्न युट्युबमा राखिएको भिडियोको सहायता लिन सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL