Logo

स्मार्ट टेलिकमलाई फोरजी सञ्चालनको अनुमती

स्मार्ट टेलिकमलाई फोरजी सञ्चालनको अनुमती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई फोरजी सेवा सञ्चालनको अनुमती दिएको छ । प्राधिकरणले १८०० मेगाहर्ज व्याडमा प्रविधि तटस्थता वमोजिम सेवा संचालन गर्न स्वीकृति दिएको हो । प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले यसप्रकारको अनुमती दिएको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

जसअनुसार स्मार्टले साउन १५ गतेदेखि फोरजी सेवा उपयोग गर्न पाउने छ । यसका लागि नेपाल सरकार तथा प्राधिकरणलाई वुुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नबिकरण दस्तुर लगायतका तिर्नुपर्ने दस्तुर सो अबधिभित्र बुझाइसक्नु पर्ने उनले जानकारी दिए । त्यस्तै स्मार्टले फोरजीको लाइसेन्स पाएसागै यथासंभव नेपालभर सेवा संचालन गर्नुपर्ने छ ।

कम्पनीले प्रत्येक ३ महिनामा कार्यप्रगति प्राधिकरणमा पेश गर्नुपर्ने शर्त राखिएको छ । क्षेत्र विस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय समयमा दिइने निर्देशन पालना गर्नुपर्ने शर्त समेत राखिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

यससँगै स्मार्टले टेलिकम र एनसेलसँग फोरजी सेवाका लागि प्रतिशपर्धा गर्नुपर्ने भएको छ । टेलिकमले गत पुस १७ गतेदेखि फोरजी सेवा उपलब्ध गराउदै आएकोमा एनसेलले जेठ १८ बाट सो सेवा सञ्चालन गर्दै छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL