Logo

ओप्पो सेल्फी एक्स्पर्ट एफथ्री बजारमा, यस्ता छन् विशेषता, फोटोफिचर सहित

ओप्पो सेल्फी एक्स्पर्ट एफथ्री बजारमा, यस्ता छन् विशेषता, फोटोफिचर सहित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले नेपाली बजारमा सेल्फी एक्स्पर्ट एफथ्री मोवाइल सार्वजनिक गरेको छ । ओप्पोले गु्रप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने उद्देश्य अनुरुप नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गरेको बताएको छ । मध्यम बर्गिय उपभोक्ता लक्षित गरी सार्वजनिग गरेको सो फोनको बजार मूल्य ३५ हजार ४ सय ९० रुपैयाँ रहेको छ ।

सार्वजनिक गरिएको नयाँ फोन एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । जसमा एकल सेल्फीका लागि १६ मेगा पिक्सेल र ग्रूप सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमबीच नेपाली बजारमा उक्त फोन सार्वजनिक गरेको हो । ‘ओप्पोका लागि उपभोक्ताको खुशी र सन्तुष्टि सधै प्राथमिकताको विषय हो । प्राविधिकरुपमा नवप्रबर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरिय उत्पादन पस्कँदै हामी फ्रण्ट क्यामेराको माध्यमबाट आफ्ना उपभोक्तालाई हरक्षण रमाउँदै अनुभव संगाल्न र साँच्दै एकताको सुत्रमा बाँध्न चाहान्छौँ’, ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ।

सो फोनमा सेल्फीका लागि १६ मेगा पिक्सेलको क्यापेरा, १÷३ इञ्च सेन्सर र ठूलो एफ÷२.० एपर्चरको फ्रण्ट क्यामेराको ब्यवस्था गरिएको छ । कम्पनीले केही समय अगाडी उपलब्ध गराएको एफवान एसका तुलनमा कार्यक्षमता र गुणस्तरका सवालमा कम्पनीले यसमा थप सुधार गरेको छ । चहकिलो पृष्ठभूमी (ब्याकग्राउण्ड) भएका स्थानमा समेत यो क्यामेराले तस्विरमा उपयुत्त, प्रकाश समायोजन गर्दै प्राकृतिक तस्विर लिन सघाउँछ । फोनमा रहेको क्यामेराले कम प्रकाश भएका स्थानमा समेत जीवन्त र स्पष्ट तस्विर लिन सकिन्छ ।

ओप्पोले नयाँ क्यामेरामा स्मार्ट फेसियल रिकग्निशन ब्यूल्ट इन रुपमा उपलब्ध गराएको छ । यसले तस्विर खिच्ने समयमा क्यामेराको फ्रेममा ३ जना भन्दा बढी मानिसको उपस्थिती देखिएमा ग्रूप सेल्फी मोडको प्रयोगका लागि प्रयोगकर्तालाई सजग गराउँछ । डबल भ्यू गु्रप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनमा दूई गुणा बढी फिल्ड अफ भ्यू उपलब्ध गराउँछ ।

 

ओप्पो एफथ्रीमा १३ मेगापिक्सेल क्षमताको १.३ ईञ्च सेन्सर जडान गरिएको छ । यसले प्रकाश सम्वेदनशिलतालाई बढावा दिँदै रात्रीकालिन समयमा समेत उत्कृष्ट कार्य क्षमता प्रदर्शन गर्ने कम्पनीले जानकारी दिएको छ । फोनमा रहेको पीडीएएफ प्रविधिले आवश्यकता अनुसार चाहिने बित्तिकै तस्विर लिन सक्छन् । नयाँ फोन एफथ्रीमा रहेको क्यामेराले चलायमान विषयको समेत आरामले फोकस गरी उत्कृष्ट तस्विर खिच्न सक्छ । यसले गर्दा आफूले इच्छाएको समय फोनमा तत्काल कैद गर्न सकिन्छ ।

फोनमा ओक्टा–कोर प्रोशेसर, चार जीबी र्याम र ६४ जीबी रोम उपलब्ध गराएको छ । फोनमा रहेको ट्रिपल स्लोट कार्ड ट्रेमा दूई ओटा नानो सिम कार्ड र एउटा माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ । एफथ्रीमो ३ हजार २ सय एमएएच क्षमताको ब्याट्रि रहेको छ ।

कम्पनीले सो फोनमा ब्यक्तिगत गोपनियता र सुरक्षाका लागि समेत विशेष ध्यान दिएको छ । जसका लागि अत्याधुनिक सलिड स्टेट फिङगर प्रिण्ट रिडर उपलब्ध गराएको छ । प्रयोगकर्ताले यसमा हल्का रुपमा औला हाल्दा फोन सहजै अनलक हुन्छ । फोनमा प्रयोग गरिएको हाइड्रोफोबिक मेम्ब्रेनले उपभोक्ताको औँलामा आद्र्रता भएको अवस्थामा समेत फिङ्गर प्रिण्टको सफल पहिचान गर्न सघाउँछ ।

मोवाइल ५ दशमलव ५ इञ्चको पातलो तथा हल्का रहेको छ । फोनमा रहेको मेटल ब्याक प्यानलले धुलो टाँस्नबाट जोगाउनुका साथै आरामदायी ग्रिप प्रदान गर्छ । ओप्पोले नेपाली बजारमा एफथ्रीलाई गोल्ड, रोज गोल्ड र कालो रङमा उपलब्ध गराउने छ ।

विश्व बजारमा चौथौं स्थानमा रहेको सो फोन नेपाली बजारमा दोस्रो स्थानमा रहेको ओप्पोको नेपालका लागि आधिकारीक बिक्रेता टेलिसेल नेपालका प्रबन्ध दिर्नेशक सुनिलकुमार अग्रवालको दावी थियो । अन्य फोनको तुलनामा नयाँ प्रबृधि जडान गरिएको सो फोनले सेल्फीका पारखीहरुलाई थप हौसला प्रदान गर्ने समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL