Logo

एनसेलको ‘मे डे’ अफर, सापटी लिदाँ पैसा नलाग्ने

एनसेलको ‘मे डे’ अफर, सापटी लिदाँ पैसा नलाग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले बिना कुनै सेवा शुल्क एनसेल सापटी लिन पाउने भएका छन् । अब एनसेल सापटीको नयाँ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो ।

एनसेलले सापटीमा ल्याएको नयाँ योजना अन्तर्गत सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रूपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधा मार्फत अब बिना कुनै सेवा शुल्क अझै बढी रकम सापटी स्वरुप लिन सक्नेछन् ।

मे दिवसको उपलक्ष्यमा ल्याइएको यो योजना यही सोमबार देखि लागु हुनेछ । प्रिपेड सेवाका ग्राहकले बिना कुनै सेवा शुल्क ३० रुपैयाँ सापटी प्राप्त गर्न सक्नेछन् । दुई महिना वा सो भन्दा बढी देखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने ग्राहकले मात्र यो सुविधा लिन पाउने कम्पनीले जानकारी दिएको छ ।

सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ । प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवा प्रयोग गर्न सक्ने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए ।

एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइने कम्पनीले जानकारी दिएको छ । यदि रिचार्ज गरिएको रकम ३० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स९०१ह्यास डायल गरिे बाँकी रहेको सापटी रकमको बारेमा जानकारी लिन सक्नेछन् ।

कम्पनीले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आएको छ । प्रिपेड ग्राहकले आवश्यकता अनुसार आफ्ना मेन ब्यालेन्स रु ५ वा सो भन्दा कम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । यद्यपि ग्राहकले आफुले लिएको सापटीको रकम पुरा चुक्ता नगरेसम्म अर्को सापटी लिन नपाउने समेत एनसेलले जानकारी दिएको छ । एनसेल सापटी अन्तर्गतको यो योजना १५ दिनको लागि मान्य हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL