Logo

टेलिकमको सेवाग्राहीलाई सुविधा, सरकारबाट सञ्चालित डोमेन नि:शुल्क चलाउन पाउने

टेलिकमको सेवाग्राहीलाई सुविधा, सरकारबाट सञ्चालित डोमेन नि:शुल्क चलाउन पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमको सेवाग्राहीले नेपाल सरकारबाट सञ्चालित डोमन निशुल्क सञ्चालन गर्न पाउने भएका छन् । नेपाल टेलिकमले सरकारबाट सञ्चालित ५ सय ५० ओटा डट जिओभी डट एनपी डोमेन बैशाख १ गतेदेखि निःशुल्क उपलब्ध गराएको हो ।

यसबाट नेपाल सरकारको नीति अनुसार सरकारका सामग्रीमा सर्वसाधारणको पहुँच सहज हुने विश्वास लिइएको टेलिकमका प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले जानकारी दिइन् ।

त्यस्तै बैशाख १० गतेदेखि कम्पनीले एफटिटिएच र एडिएसएल सेवाको विलिङ कन्भर्जेन्ट रियल टाइम विलिङ सिस्टम (सिआरटिबी ) बाट गर्न थालिएको छ । साथै टेलिकमले देशभर फोरजी सेवा पुर्याउने योजनासहित टेन्डर प्रक्रिया अघि सारेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL