Logo

लोन रकम उपलब्ध गराउँदै टेलिकम, बोल्दा बोल्दै व्यालेन्स सकिदा पनि फोन नकाटिने

लोन रकम उपलब्ध गराउँदै टेलिकम, बोल्दा बोल्दै व्यालेन्स सकिदा पनि फोन नकाटिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अव नेपाल टेलिकमले आफ्ना ग्राहकलाई लोन रकम उपलब्ध गराउने भएको छ । टेलिकमले मोवाइलमा व्यालेन्स नहुँदा पनि टेलिकमले जिएसएम र सिडिएमए प्रिपेडमा लोनको सुविधा उपलब्ध गराउन लागेको हो ।

आगामी ५ महिनाभित्र यो सुविधा उपलब्ध गराउन लागिएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । यस सम्बन्धमा नेपाल टेलिकम र हंकङस्थित टिएक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्राली बीच यही सम्झौता गरेको भएको थियो । सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरको तर्फबाट निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका थिए ।

यसअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको व्यालेन्समा लोन रकम उपलब्ध हुने छ ।

कम्पनीका ग्राहकलाई थप सुविधा प्रदान गर्दै जाने नीति अनुरुप यो योजना ल्याइएको टेलिकमका प्रवक्ता बैद्यले बताइन् । ‘सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै पैसा सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले एयरटाइम क्रेडिट सुविधा उपलब्ध गराउन लागेको हो ’ उनले भनिन् ।

यो सुविधा प्रयोग गरे वापत थप कुनै चार्ज वा ब्याज नलिई उपभोक्तालाई लोन रकम उपलब्ध हुने छ, र रिचार्ज पछि उपलब्ध हुने वयालेनसबाट काटिने छ । उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL