Logo

एनसेलले घटायो ३० देशको कल शुल्क, अब प्रति मिनेट एक रुपैयाँ ९९ पैसा मात्र

एनसेलले घटायो ३० देशको कल शुल्क, अब प्रति मिनेट एक रुपैयाँ ९९ पैसा मात्र


बिजखबर संवाददाता
0
Shares

मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न देश देशमा फोन गर्दा लाग्ने शुल्कमा घटाएको छ । कम्पनीले ती देशहरुमा अव लोकल कलको दरमै फोन गर्न मिल्ने बनाएको छ ।

कम्पनीले सोमबारदेखि लागू हुने गरी नयाँ योजना ल्याएको हो । जस अन्तरगत विभिन्न ३० देशमा प्रतिमिनेट एक रुपैयाँ ९९ पैसामा फोन गर्न सकिनेछ ।

कम्पनीले ल्याएको सो योजना १५ दिनसम्म लागु हुनेछ । सो सेवा प्रिपेड र पोष्टपेड दुवै ग्राहकलाई उपलब्ध गराइएको कम्पनीद्रारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीका अनुसार भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिङ्गापुर, स्विडेन, न्युजिल्यान्ड लगायतका देशहरुका लागि यो योजना लागु हुनेछ । हाल यी देशहरुका लागि शुल्क प्रति मिनेट कर बाहेक एक रुपैयाँ ९९ पैसादेखि ४८ रुपैयाँ ९९ पैसासम्म लाग्दै आएको छ ।

यो अफर लिनका लागि एनसेलका ग्राहकले एस्ट्रिक्स्१७१०७ह्यास डायल गरी योजनामा निःशुल्क सहभागी हुन सक्नेछन् । साथै ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर वा १७१०७ मा डायल गरी प्राप्त जानकारी अनुसार पनि योे योजना सुचारु गर्न सक्छन् ।

यो योजना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने एनसेलको प्रतिवद्घता अनुरुप ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । ‘यसले हाम्रा ग्राहकलाई विदेशमा रहेका आफ्ना परिवारजन तथा साथीभाईसँग अझ सुलभ शुल्कमा सम्पर्कमा रहन सहयोग पुर्याउने छ,’ शर्माले भने ।

यो योजनामा सहभागी भएका ग्राहकले अंगे्रजीमा ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई यो योजनाबाट बाहिरीन पनि सक्ने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL