Logo

टेलिकमको सेवामा समस्या आयो? गुनासो गर्नुस तत्काल सामाधान हुन्छ

टेलिकमको सेवामा समस्या आयो? गुनासो गर्नुस तत्काल सामाधान हुन्छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अव नेपाल टेलिकमको कुनै पनि सेवामा आएको समस्या तत्काल समाधान हुने भएको छ । फोन, रिचार्ज वा डाटामा आएको समस्या समाधानका लागि टेलिकमले ‘कम्प्लेन अडिट’ स्थापना गरेको प्रवन्ध निर्देशक कामीनीराज भण्डारीले बताइन् । जसअनुसार टेलिकमका वेव साइट, फेसवुक तथा ट्वीटरमा आएका सेवाग्राहीको गुनासाको समस्या पत्ता लगाई तत्काल समाधान गरिने छ । यसका लागि टेलिकमले प्राविधिक टोलि तथा ग्राहक सेवाका जनशक्ति परिचालन गर्ने उनले जानकारी दिइन् ।

त्यस्तै सेवाग्राहीले टेलिकमको ‘कस्टुमर केयर सेन्टर’ मा फोन गरेर तत्काल समाधान गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । उनका अनुसार जिएसएम मोवाइलका लागि १४८९, ल्याण्डलाइनका लागि १९८ र सिडिएमएमा समस्या देखिएमा १९१ मा डायल गरि गुनासो गर्न सक्नेछन् ।

पछिल्लो समय टेलिकमले ग्राहक बढाउने भन्दा पनि आफ्नो सेवाको गुणस्तरमा विशेष ध्यान दिएको उनले बताइन् । सोमवार काठमाडौंको आयोजित अन्तरक्रिया कार्यक्रममा प्रबन्ध निर्देशक राजभण्डारीले टेलिकमको सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उद्देश्यका साथ विभिन्न कामहरु अघि सारिएको उनले बताइन् । ‘टेलिकमको सवै कर्मचारी ग्राहकको गुनासो सुन्न तथा समाधान गर्न तयार छौं’ उनले भनिन् ।

कार्यक्रममा प्रवक्ता वैद्यले टेलिकम सेवा गुणस्तरमा लागि परे पनि कतिपय अवस्थामा ग्राहकले नै विटिएस टावर राख्न नदिएको अवस्थामा सेवामा समस्या देखिएको जानकारी दिइन् । त्यस्तै न्यून गुणस्तरको टेलिफोन सेटले पनि समस्या आउने उनले बताइन् ।

सो अवसरमा टेलिकमका निर्देशक अशोक थापाले टेलिकमले अव वाइम्याक्स र  सिडिमएमा थप लगानी नगर्ने बताए । साथै अव फोरजीलाई नै लक्षित गर्ने योजना रहेको जानकारी दिए ।  यि प्रविधिमा धेरै नयाँ ग्राहक आउन नसकेको र भएका ग्राहकले पनि सेवा त्याग्दै गएकाले टेलिकमले सीडीएमए र वाइम्याक्सलाई केही वर्षभित्र ‘फेज आउट’ गर्ने तयारी गरेको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख वित्तिय व्यवस्थापक सूर्यभक्त पोखरेलले टेलिकमको आर्थिक गतिविधिबारे जानकारी दिएका थिए ।

सो अवसरमा उनले ग्राहकलाई सस्तो तथा सुलभ मूल्यमा सेवा प्रदान गर्नका लागि सरकारले कर घटाउनुपर्ने बताए । ‘कर घटेपछि सेवा सस्तो हुने हुँदा यसबाट ग्राहकलाई फाइदा हुन्छ ’  उनले भने । हाल टेलिकमले वायरलाइन र वायरलेसमा लगानी गरिरहेको जानकारि दिइएको थियो । पछिल्लोसमय वायरलेसको माग बढीरहेकोले त्यसमा लगानी बढाएको प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

उनका अनुसार टेलिकमले जलविद्युत क्षेत्रमा पनि लगानी गरेको छ । कम्पनीले अपर तामाकोसी हाइड्रोमा ६ प्रतिशत,त्रिशुली जलविद्युत कम्पनी प्रालीमा ३ र विद्युत उत्पादन कम्पनी प्रालीमा १० प्रतिशत सेयर हालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL