Logo

टेलिकमले ल्यायो होली अफर, डाटा र एसएमसमा छुटैछुट

टेलिकमले ल्यायो होली अफर, डाटा र एसएमसमा छुटैछुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले होलीको अवसरमा छुट योजना सार्वजनिक गरेको छ । टेलिकमले डाटा, भ्वाइस र एसएमस सबैमा विशेष अफर ल्याएको हो ।

कम्पनीले जिएसएम तथा सीडिएम ग्राहकका लागि होली अफर उपलब्ध गराएको हो । अफर अन्तर्गत रिचार्ज कार्डमा डाटा बोनस, यूट्युब् डाटा प्याक र सएमएस प्याक रहेका छन् ।

सो अवसरमा रिचार्ज कार्डमा दुई सय रुपैयाँको रिचार्ज कार्डमा दुई सय डाटा, पाँच सय रुपैयाँको रिचार्ज कार्डमा ५ सय एमबी र एक हजार रुपैयाँको रिचार्ज गर्दा एक जिबी डाटा उपलब्ध गराएको छ । उक्त डाटाको समयावधि फागुन २९ गतेदखि चैत ३ गतसम्मका लागि हुनेछ । टेलिकमका अनुसार सो डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म उपभोग गर्न सकिनेछ ।

त्यसैगरी यूट्युब् डेटा प्याक अन्तर्गत एक सय रुपैयाँमा दुई दिनको लागि १ जिबी, ६० रुपैयाँमा एक दिनको लागि पाँच सय एमबी डाटा उपलब्ध गराएको छ । यो अफर भने २९ गतेदेखि २०७३ चैत १३ गतेसम्म चल्ने छ । सो आफर लिनका लागि U1GB  वा U500MB टाइप गरी १४१५ मा SMS गर्नुपर्ने छ ।

टेलिकमल आफ्नो नेटवर्कभित्र १० रुपौयँमा एक सयवटा एसएमएस सुविधा दिएको छ । सो सुविधा भने चैत १ गतेदेखि ३ गतेसम्म मात्र लागु हुने छ । एसएमएस सेवा लिनका लागि SMS100 टाइप गरी १४१५ मा SMS गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL