Logo

नारी दिवसमा टेलिकमको योजना, १ सयमा ५ सय एमबी डाटा

नारी दिवसमा टेलिकमको योजना, १ सयमा ५ सय एमबी डाटा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर बुधवारदेखि तीन महिनासम्म कायम रहने बताएको छ ।

यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराएको छ ।

त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५ सय एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १ सय एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने छ ।

नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५ सय सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२ सय एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL