Logo

किन पड्कियो सामसुङ ग्यालेक्सी नोट सेभेन ? यस्तो छ कारण

किन पड्कियो सामसुङ ग्यालेक्सी नोट सेभेन ? यस्तो छ कारण


बिजखबर संवाददाता
0
Shares

एजेन्सी । सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण पत्ता लागेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङका अनुसार व्याट्रिको समस्याले गर्दा नोट सेभेन पड्किएको हो । फोनको सफ्टवेयर वा हार्डवेयरको कारणले नभएर ब्याट्रीको समस्या भएको कम्पनीले हालै एक प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।

एक आन्तरिक स्वतन्त्र छानविनले हालै सार्वजनिक गरेको रिपोर्टले यस्तो देखाएको हो । दक्षिण कोरियाली कम्पनी सामसुङका अनुसार अन्तरराष्ट्रिय तथा व्यक्तिगत अध्ययनका आधारमा नोट सेभेन विस्फोटको कारण ब्याट्रीको समस्या भएको पत्ता लागेको हो ।

नोट सेभेनमा ब्याट्री तातेर जल्ने तथा पड्कने समस्याका कारण सुरुमा सामसङले गत अक्टोवरमा विश्व बजारबाट त्यस्ता स्मार्टफोनहरु फिर्ता ल्याएको थियो । पछि कम्पनीले त्यसको उत्पादन र बिक्री वितरण नै बन्द गरेको थियो । जसबाट कम्पनीलाई ५.३ बिलियन डलर बराबरको घाटा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL