Logo

एनसेलको ‘फेसबुक फ्रि अफर’ योजना, ‘गो टू फ्रि’मा क्लिक गर्नुस अनि सित्तैमा फेसबुक चलाउनुस

एनसेलको ‘फेसबुक फ्रि अफर’ योजना, ‘गो टू फ्रि’मा क्लिक गर्नुस अनि सित्तैमा फेसबुक चलाउनुस


बिजखबर संवाददाता
0
Shares

मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरुलाई निशुल्क फेसबुक सेवा उपलब्ध गराएको छ । बुधबारदेखि एनसेलका ग्राहकहरुले मोबाईल फोनबाट सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिमअन्तर्गत रहेर एनसेलले फेसबुकसँगको सहकार्यमा उक्त योजना सार्वजनिक गरेको हो ।

फेसबुक फ्रि योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिकगर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन ।

‘फेसबुकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि निःशुल्क फेसबुक चलाउन पाउने योजना ल्याइएको एनसेलका प्रवन्ध निर्देशक साइमन पर्किन्सले बताए । ‘यसले ग्राहकलाई सामाजिक सञ्जालमार्फत देश विदेशमा रहनु भएका आफन्त, साथी भाई र परिवारजनसँग सजिलै सम्पर्कमा रहन र ईन्टरनेट सेवाको जनघनत्व बढाउन मद्दत पुर्याउनेछ,’ उनले भने ।

२०२० भित्र नेपालका सबै गाउँ विकास समितिमा ईन्टरनेट प¥र्याउने जस्ता राष्ट्रिय लक्ष्य प्राप्त गर्नमा योगदान पुर्याउन कटिबद्ध रहेको पर्किन्सले बताए । ‘ईन्टरनेट कभरेजमा वृद्धि गर्दै, सुलभ दर तथा नविनतम सेवामार्फत हामी यस्ता राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउने काम गरिरहेका छौं,’ उनले भने, ‘प्रविधि तटस्थताले कभरेज विस्तारलाई थप गति प्रदान गर्नेछ ।’ पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्नानाइग्रेनले संयुक्त रुपमा फेसबुक फ्रि सार्वजनिक गरेका थिए ।

एनसेलसँगको सहकार्यमा नेपालमा फेसबुकको सामाजिक अफर ल्याउन पाएकोमा हर्षित भएको प्रमुख नाइग्रेनले बताइन । यस्तो अफरले नेपालमा थप कनेक्टिभिटी सुनिश्चित गर्दै थप व्यक्तिहरुलाई ईन्टरनेटमा जोड्न योगदान पुर्याउने उनको भनाइ ।

फेसबुक फ्रिअफर बुधबार बाट लागु भई ९० दिनको लागि रहनेछ । यो अफर फेसबुकसँग विश्वब्यापी रुपमा उसको आन्तरिक प्रणालीसँग मिलाईएको हुनाले निःशुल्क संस्करणको मजा लिन ग्राहकले कुनै छुट्टै सेवा सुचारु गर्नपर्ने छैन । अफरमा फेसबुकको अधिकांश फिचरहरु निःशुल्क उपलब्ध हुनेछ । फेसबुकमा अरुले अपलोड गरेका फोटो तथा भिडियो हेर्नको लागि भने विद्यमान डेटा शुल्कलाग्ने छ । ग्राहकले ब्राउज गरिरहेको फेसबुक पेजको माथि दायाँतिर रहेने ‘सि फोटोज’ बटन क्लिक गरी पेड संस्करणमा फोटो तथा भिडिया हेर्न सक्नेछन् । फेसबुकको फ्रि संस्करणबाट पेड संस्करणमा जानु भन्दा अगावै ग्राहकलाई सुचित पनि गराइनेछ ।

फेसबुकको पेड संस्करणमा फोटो तथा भिडियोहरु अझ सुलभ दरमा हेर्नका लागि ग्राहकले फेसबुक पेजबाटै आफ्नो आवश्यकता अनुसारको डेटा प्याकहरु खरिदगर्न पनि सक्नेछन् । त्यसैगरी एस्ट्रिक्स १२३ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार ग्राहकले आफुलाई चाहिएको डेटा प्याक खरिद गर्न सक्नेछन् ।

फेसबुककाअनुसार, हाल नेपालबाट ८० लाखभन्दा बढि मानिसहरु फेसबुकका माध्यमबाट सामाजिक रुपमाआवद्घ रहेका छन् । तर, फेसबुक फ्रि ब्राउजिङको सुविधा प्रोक्सी ब्राउजरमा उपलब्ध हुने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL