Logo

सगुनको सेयर आजदेखि सर्वसाधारणका लागि खुल्ला, यसरी बन्न सकिन्छ लगानीकर्ता

सगुनको सेयर आजदेखि सर्वसाधारणका लागि खुल्ला, यसरी बन्न सकिन्छ लगानीकर्ता


बिजखबर संवाददाता
648
Shares

काठमाडौं । सामाजिक सञ्जाल सगुनले आजदेखि सर्वसाधारणका लागि सेयर खुल्ला गरेको छ । सगुनले २ करोड डलर बराबरको सेयरको अनलाइन विक्री खुल्ला गरेको हो । जसअनुसार विश्वका जुनसुकै स्थानमा रहेका व्यक्तिले कम्तिमा २ सय ९९ डलर लगानी गर्न सक्नेछन् । विदेशमा लगानी गर्ने कानुनी प्रावधान नभएकोले नेपालीले भने यहाँबाट लगानी गर्न नसक्ने सगुनका संस्थापक गोविन्द गिरीले जानकारी दिए । विदेशमा रहेका नेपालीले सगुनमा लगानी गर्न सक्नेछन् । तर त्यसका लागि ‘लिगल स्ट्याटस’ र बैंक खाता हुनुपर्ने उनले बताए ।

एक हप्ता अघि अमेरिकाको धितोपत्र कारोवार आयोगले सगुनले पेस गरेको प्रस्तावलाई स्वीकृति दिएको थियो । सो स्वीकृति पश्चात सगुनले ग श्रेणीको ८ लाख ६९ हजार कित्ता साधारण सेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा विक्री शुरु गरेको हो । सगुनको सेयरधनी बन्नका लागि कम्तीमा १३ कित्ता सेयर किन्नु पर्नेछ ।

कसरी भर्ने सेयर

लगानीका लागि सगुनको वेवसाइट डब्लुडब्लुडब्लु डट सगुन डट कम/इन्भेष्टमा अनलाइनमार्फत सेयर भर्न सकिन्छ । लगानीकर्ताले फारम भरेपछि प्राप्त हुने इमेललाई आफ्नो खाता भएको बैंकमा लगेर सगुनको खातामा रकमान्तर गर्न सकिनेछ । त्यस्तै फारम भर्न समस्या भएमा सगुनको लाइभ हेल्प सेन्टरबाट सेवा लिन सकिनेछ ।

लगानीकर्ताले सगुनले नयाँ ल्याउन लागेको प्रोजेक्टमा लगानी गर्न सक्नेछन् । सगुनले चाँडैनै ३० करोड रुपैयाँ विदेशी लगानीका रुपमा नेपाल ल्याउने तयारी थालेको छ । सो रकमबाट सगुनको बारेमा अध्ययन, अनुशन्धान गर्ने छ । त्यस्तै आगामी मे मा सगुनले नयाँ मोवाइल एप्लिकेशन समेत ल्याउने तयारी थालेको छ ।

त्यस्तै सगुनले नाफा कमाउन थालेसँगै प्रयोगकर्तालाई ५ प्रतिशत सेयर वितरण गर्ने बताएको छ । हाल सगुनको ४ लाख २५ हजार प्रयोगकर्ता छन् ।
जब्स एक्स २०१२ मार्फत मिनी आइपिओ जारी गर्ने सगुन पहिलो कम्पनी हो । यसअघि सगुनले नयाँ परियोजनामा लगानी गर्न चाहनेबारे परिक्षण गर्दा ४ हजार जनाले ७० लाख भन्दा बढीको लगानीको इच्छा देखाएका बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL