Logo

एनसेलले ल्यायो भ्यालेनटाइन अफर, रिङ ब्याक टोनमा ५० प्रतिशत छुट

एनसेलले ल्यायो भ्यालेनटाइन अफर, रिङ ब्याक टोनमा ५० प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले भ्यालेनटाइन डेको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष छुट योजना ल्याएको छ । जसअनुसार आफुले छानेको एउटा विशेष नम्बरमा सुलभ दरमा कुरा गर्न मिल्नुका साथै रिङ ब्याक टोनमा ५० प्रतिशत छुट गरेको छ । यो योजना बुधवारदेखि लागू हुने एनसेलले जानकारी दिएको छ । योजना कम्पनी १५ दिनसम्म चल्ने छ ।

laxmi

एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग पेयर गरी अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् । आफ्नो नम्बरसँग आफुले चाहेको अर्को एनसेल नम्बर पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रतिमिनेटमा कुरा गर्न सक्न भएका हुन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १ सय वटा एसएमएस निःशुल्क पाउनेछन् । प्राप्त एसएमएस १५ दिनको लागि मान्य हुनेछ । निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा मात्र पठाउन सकिनेछ ।

ग्राहकहरुले १७१०६ डायल गरी यो सेवा निःशुल्क सुचारु तथा आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरेर पनि यो सेवा सुचारु गर्न सक्नेछन् । त्यस्तै एसएमएममार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । यसकालागि ग्राहकले अंग्रेजीमा एडिडि स्पेस पेयर गरिने मोबाइल नम्बर टाइप गरी १७१०६ मा एसएमएम पठाउन सक्नेछन् ।

त्यस्तै पिआरबिटि सेवाको छुट अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७११७ डायल गरी प्राप्त निर्देशनअनुसार २० वटा रोमान्टिक गीतहरुको सुचिबाट आफ्नो रोजाइको गीतलाई ५० प्रतिशत छुटमा आफ्नो रिङ ब्याक टोन बनाउन सक्ने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए ।

आफ्नो साथीभाईलाई कल गर्दा बज्ने रिङ ब्याक टोन यदी मन परेमा ग्राहकले उक्त टोन बजिरहेको बेलामा एस्ट्रिक्स् डायल गरि त्यस टोनलाई कपी गर्न सक्नेछन् । यसरी कपीगरिएको टोन यदीअफरको सुचिमा समावेश गरिएका २० वटा गीत मध्य भयो भने ग्राहकले रिङ ब्याक टोनमा ५० प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL