Logo

नेपालीले बनाए ‘रेस्पेक्ट’, तीन भाषामा उपलब्ध, नयाँ वर्षको अवसरमा सार्वजनिक

नेपालीले बनाए ‘रेस्पेक्ट’, तीन भाषामा उपलब्ध, नयाँ वर्षको अवसरमा सार्वजनिक


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । नेपाली युवाहरुले नयाँ सामाजिक संजाल रेस्पेक्ट एप निर्माण गरेका छन् । रेस्पेक्ट इंक नाम कम्पनीले उक्त सामाजिक संजान निर्माण गरेका हुन् ।

नेपालीहरुलाई लक्षित गरी निर्माण गरिएको सो एप नेपालीहरुको नयाँ वर्षको अवसरमा सार्वजनिक गरिने भएको छ । आइओएस तथा एन्ड्रोयड भर्सनमा प्रयोग गर्न सकिने यो एपमा कर्पोरेट र अन्य व्यवसायीहरुका लागि व्यवसायीक प्लेटफर्म समेत बनाईएको छ ।

रेस्पेक्ट निर्माण समुह नेपाली इन्जिनियरसहित नेपाली युवा व्यवसायीको लगानीमा तयार गरिएको र यसमा सर्वसाधारण र व्यवसायीक कम्पनी दुबैले फाइदा लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीका अनुसार सामाजिक संजालमा आवश्यक जानकारी र प्रयोगकलाई आर्थिक रुपले उपयोग गर्न नसकिएको हुँदा रेस्पेक्ट एपले प्रयोगकर्ता र व्यवसायी दुबैलाई फाइदा हुने गरी प्लेटफर्म निर्माण गरेकोे छ ।

नेपाली, अग्रेजी तथा जापानी भाषा समावेश गरी तयार गरिएको यो एपमा कम्पनीहरुले निशुल्क तथा सशुल्क व्यापार प्रबद्र्धन गर्ने र सामान्य प्रयोगकर्ताहरुले विशेष छुटसहित विभिन्न अफर पाउने उल्लेख गरिएको छ । गैर नाफामुलक संस्थाहरुले पनि सहयोग रकम प्राप्त गर्न यसलाई माध्यम बनाउने सक्नेछन् ।

हाल एन्ड्रोयडमा परिक्षण भईरहेको यो एप आईओएसमा पनि तयार भईरहेको छ । यसलाई फोसबुक, गुगल तथा इन्स्ताग्रामसँग पनि जोड्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL