Logo

सामसुङले भित्र्यायो ‘ग्यालेक्सी जेटु एस’ मोवाइल, बजार मूल्य १४ हजार

सामसुङले भित्र्यायो ‘ग्यालेक्सी जेटु एस’ मोवाइल, बजार मूल्य १४ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोरियाली मोवाइल निर्माता कम्पनी सामसुङले नेपाली बजारमा ग्यालेक्सी जेटु एस सार्वजनिक गरेको छ । जे सिरिजको फोरजी सपोर्ट गर्ने उक्त मोवाइल अन्य मोवाइलको तुलनामा सस्तो र राम्रो भएको कम्पनीको दावी छ ।

कम्पनीले बजारमा ल्याएको जे सिरिजका मोवाइलहरु उपभोक्ताले बढी रुचाएका सामसुङ नेपालका नायव महाप्रबन्धक प्रणयरत्न स्थापितले बताए । अगाडी फ्ल्यास क्यामेरा भएको सो मोवाइलको ५ इञ्चको स्क्रिन रहेको छ । नेपाली उपभोक्तालाई लक्ष्ति गर्दै ल्याइएको सो मोवाइलको बजार मूल्य १३ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।

मोवाइलमा एन्ड्रोइड भर्सन ६ रहेको छ । १ दशमलव ४ गिगाहर्ज क्वार्डकोर प्रोसेसर भएको सो मोवाइलमा १ दशमलव ५ जिवी ¥याम, ८ जिबी इन्टरनल मेमोरी, तथा २ हजार ६ सय एमएएच क्षमताको व्याट्रि रहेको छ ।

५ मेगापिक्सेर फ्रण्ट फ्ल्यास क्यामेरा भएको सो मोवाइलमा ८ मेगापिक्सेल ब्याक क्यामेरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL