Logo

भारतमा सार्वजनिक भयो सामसुङ सी–९ प्रो, आगामी महिना नेपाली बजारमा

भारतमा सार्वजनिक भयो सामसुङ सी–९ प्रो, आगामी महिना नेपाली बजारमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोवाइल निर्माता कम्पनी सामसुङले भारतीय बजारमा सी–९ प्रो सार्वजनिक गरेको छ । कम्पनीले हिजो मात्रै भारतीय बजारमा उक्त मोवाइल सार्वजनिक गरेको हो ।

सामसुङले सो मोवाइललाई आगामी महिना नेपाली बजारमा पनि भित्र्याउने भएको छ । फेब्रुअरी अन्तमा उक्त मोवाइल नेपाली बजारमा सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ ।

सो मोवाइलको अग्रीम बुकिङको लागि फेब्रुअरीको मध्यबाट खुला गर्ने भएको छ । सी–९ प्रोको नेपाली बजारमा मूल्य ६० हजार रुपैयाँभन्दा तल रहने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL