Logo

सगुनमा ५० करोडको प्रतिवद्दता,एनआरएनले देखाए लगानीमा इच्छा

सगुनमा ५० करोडको प्रतिवद्दता,एनआरएनले देखाए लगानीमा इच्छा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सगुनले हालसम्म ५० करोड भन्दा बढी लगानीको आशय प्राप्त गरेको छ । अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसनमा रेगुलेशन एप्स व्यवस्था अन्तर्गत (मिनी आइपीओ खुल्ला हुनु अघि सो बराबरको लगानीको प्रतिवद्धता आएको हो । आशय पेस गर्नेमा विशेषगरी विदेशमा बसोबास गर्दै आएका नेपाली नागरिक भएको सगुनका संस्थापक गोविन्द गिरीले जानकारी दिए ।

सगुनले मिनी आइपिओ खुल्ला गर्नुअघि सम्भावित लगानीकर्ताहरुबाट आशय आवहवान गरेको थियो ।

सगुनले मिनी आइपिओमा २ करोड डलर अर्थात २ अर्व भन्दा बढी लगानीको रुपमा जुटाउने तयारी गरेको बताएको छ । सगुन हाल मिनी आइपीओको लागि अन्तिम स्वीकृतिको पर्खाइमा छ ।

सो आवेदन स्वीकृत भएपश्चात सगुनको प्रयोगकर्ता तथा समर्थक सम्भावित लगानीकर्ताले लगानी गर्न सक्नेछन् । एसईसीबाट लगानी प्रस्ताव स्वीकृत भएपछि कम्पनीले ८ लाख ६९ हजार कित्ता ग श्रेणीको सामान्य शेयरलाई २३ डलर प्रति कित्तामा बेच्न सक्ने गिरीले जानकारी दिए । यसमा लगानी गर्न न्यूनतम १३ कित्ता सेयर खरिद गर्नुपर्ने छ । जसको मूल्य २ सय ९९ डलर हुने छ ।

त्यस्तै त्यसभन्दा बढी खरिद गर्न चाहनेले माग गरेजति प्राप्त गर्न सक्नेछन् । सगुनको वेवसाइट डब्लुडब्लुडब्लु डट सगुन डट मक स्ल्यास इन्भेस्ट मा गएर सगुनको शेयर खरिद गर्न सक्ने छन् । सगुनका संस्थापक गिरीले अमेरिकाको जब्स एक्ट २०१२को प्रावधान बमोजिम समाजका विभिन्न पक्षहरुमा सकारात्मक प्रभाव पार्न सक्ने भएको बताए ।

त्यस्तै सामाजिक सञ्जाल कम्पनीमध्ये आर्थिक लाभ दिनेमा सगुन पहिलो भएको दावी गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL