Logo

पोखराको छिनेडाँडामा टेलिकमको एमएसजी सेवा, स्थानीय क्षेत्रलाई फोन गरी मन्त्रीले गरे उद्दघाटन

पोखराको छिनेडाँडामा टेलिकमको एमएसजी सेवा, स्थानीय क्षेत्रलाई फोन गरी मन्त्रीले गरे उद्दघाटन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले पोखराको छिनेडाँडामा एमएसएजी (मल्टी सर्भिस एक्सेस गेटवे) एकसेञ्ज सेवा शुरु गरेको छ । आइतवार एक कार्यक्रमवीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले एमएसएजी एकस्चेन्जको उद्दघाटन गरे ।

उनले पु्म्दी भुम्दीका स्थानीय राजु छेत्रीलाई टेलिफोन गरी तथा इन्टरनेटमा भिडियो प्लेगरी उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री कार्कीले पोखरा नगरलाई स्मार्ट सिटी बनाउने कार्यमा नेपाल टेलिकम मार्फत सरकारले सहयोग गर्ने बताए । नेपाल टेलिकमसँग बलियो पूर्वाधार र दक्ष जनशक्ति भएकोले कर्मचारीलाई प्रोत्साहित गरेमा राम्रो परिणाम आउन सक्ने समेत जानकारी दिए ।

कार्यक्रममा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले उक्त क्षेत्रमा छोटो समयमा टेलिफोन सेवा वितरण गर्ने ब्यवस्था मिलाएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिए । साथै पोखरा नगरलाई वाइफाइ फ्रि जोनको रुपमा विकास गर्न कम्पनीले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकम ब्यवसायिक संस्था मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा समेत योगदान गर्ने कम्पनी भएको बताइन् । उनले एक्सचेञ्जको समुद्घाटनका अवसरमा रु. ५० बराबरको टक भ्यालु रहेको निःशुल्क सिम वितरण गरिएको समेत जानकारी दिइन् ।

उक्त अवसरमा दूरसञ्चार कार्यालय पोखराका प्रमुख नरेशकाजी शाक्यले सो एक्सचेञ्जको क्षमता ७ सय ३६ लाइन रहेको तथा माग अनुरुप लाइन थप गर्दै लान सकिने जानकारी दिए । साथै सो एक्सचेञ्जबाट हाललाई टेलिफोन, इन्टरनेट तथा प्mयाक्स सुविधा लिन सकिने छ । त्यसपछि आवश्यकता अनुसार टेलिभिजन तथा मल्टिमिडियाको सुविधा पनि लिन सकिने उनले बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक सिद्धप्रताप भारतीले स्थानीय उपभोक्ताहरुले उपलब्ध टेलिफोन सेवाप्राप्त गरेर लाभ लिन समेत आग्रह गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL