Logo

डेढ लाख मोवाइलमा मात्र चल्छ फोरजी, कहिले पुग्छ सवा करोड ग्राहकमा ?

डेढ लाख मोवाइलमा मात्र चल्छ फोरजी, कहिले पुग्छ सवा करोड ग्राहकमा ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले आइतबार देखि संचालनमा ल्याएको फोरजी सेवा तत्कालका लागि डेढ लाख मोवाइलमा मात्र चल्ने भएको छ । टेलिकमले आफ्ना ३ लाख ५० हजार ग्राहकले तत्काल फोरजी सेवा प्रयोग गर्न सक्ने दावी गरेपनि तत्कालका लागि १ लाख ५० हजार ग्राहकले मात्र चलाउने सक्नेछन् ।

शुरुवातमा टेलिकमले काठमाडौं र पोखरामा फोरजी सेवा संचालनमा ल्याएको छ । ती स्थानमा टेलिकमले ३ लाख ५० हजार पोष्टपेड सिम वितरण गरेको छ । सिमकार्ड वितरणको आधारमा साढे ३ लाखले फोरजी सेवा प्रयोग गर्न सक्नेभएपनि सवैसँग सोही अनुरुपको सेवा सपोर्ट गर्ने खालका मोवाइल नहुँदा तत्कालका लागि १ लाख ५० हजारले मात्र उक्त सेवा संचालन गर्न सक्नेछन् ।

पछिल्लो समय भित्रिएको प्रायः मोवाइलले फोरजी सेवा सपोर्ट गरेपनि पहिला बजारमा आएका मोवाइहरुले सो सेवा सपोर्ट नगर्ने सम्बद्ध मोवाइल आयातकर्ताहरु बताउँछन् । ‘बजारमा सवै प्रयोगकर्तासँग फोरजी सपोर्ट गर्ने मोवाइल छैन,’ एक मोवाइल आयातकर्ताले भने, ‘टेलिकमले फोरजी सेवा संचालन गरेका स्थानमा उक्त सेवा सपोर्ट गर्ने खालका मोवाइल २ लाख जतिमात्र विक्री भएका होलान ।’

टेलिकमको तथ्याङक अनुसार उसले पोष्टपेड र प्रिपेड गरी १ करोड ३२ लाख सिमकार्ड वितरण गरेको छ । जसमध्ये ५ लाख जति मात्र पोष्टपेड सिम रहेको छ । अन्य सवै प्रिपेड रहेका छन् । तत्कालका लागि पोष्टपेडमा फोरजी संचालन गरेपनि प्रिपेडमा भने माघ २२ गतेदेखि मात्र कार्यान्वयनमा ल्याउने बताएको छ । तर, सोका लागि पनि सवै ठाउँमा विटिएस टावर उपलब्ध नभएकाले तत्कालका लागि सवै ग्राहकले फोरजी सेवा संचालन गर्न नसक्ने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL