Logo

न्युरोडमा खुल्यो सामसुङ स्मार्टफोन क्याफे, अन्तरराष्ट्रिय स्तरको सपिङ अनुभव

न्युरोडमा खुल्यो सामसुङ स्मार्टफोन क्याफे, अन्तरराष्ट्रिय स्तरको सपिङ अनुभव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसुङ मोवाइलको नेपाल स्थित आधिकारीक विक्रेता आईएमएस ग्रूपले न्युरोडमा सामसुङ स्मार्ट क्याफे संचालनमा ल्याएको छ । ग्राहकहरुलाई विश्वस्तरीय शपिङको अनुभव प्रदान गर्ने उद्देश्य अनुरुप उक्त क्याफे संचालनमा ल्याएको हो ।

उक्त क्याफेमा आधुनिक सुविधा तथा संरचनाहरुको बनाइने भएको छ । सो स्मार्टफोन क्याफेको आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अध्यक्ष दिकेश मल्होत्राले उद्घाटन गरेका हुन् ।

samsung_showroom
कम्पनीको लक्ष्य सधैैं ग्राहकहरुलाई उत्कृष्ट अनुभव सबैभन्दा अनुकुल स्थानहरुमा प्रदान गर्नु रहेको र सोही अनुरुप स्मार्ट क्याफे संचालनमा ल्याइएको अध्यक्ष दिपक मलहोत्राले बताए । साथै सो मर्मत सम्भार कार्यक्रमसँगै आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय शपिङ अनुभव प्रदान गर्ने उनले जानकारी दिए ।

सो अवसरमा कम्पनीले आफ्ना ग्राहकलाई फोन खरिदमा ६ जीबीको निःशुल्क डाटा कार्ड प्रदानगर्ने भएको छ भने अन्य स्टोरहरुबाट ३ जीबीको डाटा कार्ड प्रदानगर्ने गरिने भएको छ । सो योजना २१ मंसिर देखि २९ मंसिर सम्म रहने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL