Logo

क्यास्परस्कीको एण्टीभाइरस २०१७ संस्करण बजारमा, ५० प्रतिशतसम्म छुट

क्यास्परस्कीको एण्टीभाइरस २०१७ संस्करण बजारमा, ५० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । क्यासपरस्कीले नयाँ एण्टी भाइरस नेपाली बजारमा ल्याएको छ । क्यास्परस्कीको नेपालका लागि आधिकारीक विक्रेता सागर टेक्नोलिङ्कले क्यास्परस्की ल्यावको २०१७ को नयाँ संस्करण नेपाली बजारमा ल्याएको हो ।

नयाँ संस्करणमा प्रयोगकर्ताको डिभाइसमा भएको सफ्टवेयर अपडेट र सफ्टवेयर क्लिनरमा भएका जोखिमपूर्ण सुरक्षा खतरालाई ‘प्याच’ गर्दै जोखिमुक्त गर्न सकिने नयाँ सुविधाहरु समेत थप गरेको छ । उक्त एण्टीभाइरस सार्वजनिक कार्यक्रममा क्यास्परस्की ल्याव दक्षिण एशियाका प्रवन्ध निर्देशक अल्ताफ हल्दीले नेपाल डिजिटलमा तिव्र रुपमा अघि बढेकोले सोका लागि सुरक्षा अति नै आवश्यकता भएको बताए । ‘क्यास्परस्कीको तर्फबाट प्रयोगकर्ताको सम्पूर्ण डिजिटल सम्पतीहरुलाई ह्याकर, मालवेयर लेभलपरलगायतका साइवर अपराधीहरुबाट सुरक्षित राख्न चाहन्छौं,’ हल्दीले भने, ‘जसका लागि हामीले नयाँ संस्करणका प्रडक्टहरु प्रयोगकर्ता माझ ल्याएका हौं ।’

कम्पनीले नयाँ संस्करणमा एण्टीभाइरसहरु ३ डिभाइसको सपोर्टसहित १ हजार ७ सय ५० रुपैयाँ तोकेको छ भने सपोर्टवाहेक अफर मूल्य ८ सय ७५ रुपैयाँ तोकेको छ । यसैगरी १ हजार रुपैयाँ रहेको सिङ्गल डिभाइसको सपोर्ट वाहेक ५ सय रुपैयाँ निर्धारण गरेको छ । यसैगरी कम्पनीले इन्टरनेट सेक्युरिटी र टोटल सेक्युरिटी प्रोडक्टमा ५० प्रतिशतसम्म छुट गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL