Logo

भाइबरले ल्यायो नेपालीलाई नयाँ अफर, भाइवर आउटमार्फत ५२ देशमा फ्रि कल सुविधा

भाइबरले ल्यायो नेपालीलाई नयाँ अफर, भाइवर आउटमार्फत ५२ देशमा फ्रि कल सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भाइवरले नेपाली ग्राहकहरुलाई लक्षित गर्दै फ्रि कल सुविधा ल्याएको छ । जस अन्तरगत भाइवर आउटमार्फत विभिन्न ५२ देशका कुनै पनि नम्बरमा सिधै कल गर्न किने छ ।

हिजो देखि शुरु भएको सो अफरमा नेपाली फोन नम्बर दर्ता गरेका भाइबर प्रयोगकर्ताहरुले भाइबर आउट प्रयोग गर्दै कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय ल्याण्ड लाइन तथा भाइबर बाहेकका अन्य फोन नम्बरमा सिधै फोन कल गर्न सक्नेछन् । असोज ३ गतेसम्म संचालित सो अफरमा राती ८ देखि १० बजेसम्म कुरा गर्न सकिनेछ । यसप्रकारको विशेष प्रवद्र्धनात्मक अफर प्रयोग गर्न पाउने नेपाली भाइबर प्रयोगकर्ताहरु विश्वमै पहिलो भएको कम्पनीको दावी छ । हाल भइवरको विश्वभरमा साढे ७ करोड भन्दा बढी प्रयोगकर्ताहरु रहेकोमा उसले नेपाललाई मात्र लक्षित गरेर यस्तो विशेष अफर संचालन गरेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सो अफर कुनै पनि आइओएस, एण्ड्रोइड र वीण्डोज स्मार्टफोन, वा वीण्डोज पिसि वा म्याकबाट विश्वभरका ल्याण्डलाइन नम्बरहरु र मोबाइलमा कल गर्न मिल्ने गरी तयार पारिएको भाइबर आउट फिचरमार्फत गर्न सक्नेछन् । तर, सो कलका लागि पनि इन्टरनेट सुविधायुक्त मोबाइल वा वाइफाई चाहिने छ । २ हप्ताका लागि संचालित यो अफरको उपभोग फि« भाइबर आउट कलबाट असिमित कुरा गर्न सकिनेछ ।

नेपालमा भाइबरको उपस्थिति अत्यन्त बलियो रहेको र नेपालको जनसंख्याको अत्त्याधिक संख्या देश बाहिर रहेकाले भाइबर आउटमार्फत निशुल्क कुरा गर्ने अवसर प्रदान गरिएको भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए । ‘भाइबरले आफ्ना प्रयोगकर्ताहरुको व्यस्तता र एकाग्रतालाई ध्यानमा राखेर हालैमात्र च्याट र भ्वाइस कलका साथै अन्जान च्याटमा विकल्प सहितको व्यवस्था गरेको थियो,’ उनले भने, ‘नयाँ व्यवस्थाले उपभोक्तलाई अझ बढी आनन्द दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL