Logo

अनलाईन सपिङका लागि ‘सस्तो डिल’ एप सार्वजनिक, एन्ड्रोइड भर्सनमा उपलब्ध

अनलाईन सपिङका लागि ‘सस्तो डिल’ एप सार्वजनिक, एन्ड्रोइड भर्सनमा उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सस्तो डिलले अनलाईनज शपिङका लागि एप सार्वजनकि गरेको छ । नेपाली उपभोक्ता अनलाईनमार्फत सपिङ सुविधा प्रदान गर्दै आएको सस्तो डिल डटकमले मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो ।

आफ्ना प्रयोगकर्ता तथा उपभोक्तालाई अनलाइन शपिङमा थप सहजता उपलब्ध गराउने सोचका साथ एप सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । सस्तो डिलले उक्त एप एन्ड्रोइड भर्सनमा उपलब्ध गराएको हो । कम्पनीले केही हप्ता भित्रै एपको आईओएस भर्सन सार्वजनिक गरेको थियो ।

सस्तो डिलको यो एप मार्फत अनलाईन शपिङलाई थप सहज बनाउनुका साथै गति समेत प्रदान हुने कम्पनीको दावी छ । साथै उपभोक्ताले गूगलको प्लेस्टोर मार्फत जम्मा ६ एमबी स्पेस सहितको यो एप निःशुल्क डाउनलोड गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL