Logo

टेलिकमले ल्यायो प्रिपेड ग्राहकका लागि शुभ रात्री प्याकेज, ८५ रुपैयाँमा १२ सय एमवी डाटा

टेलिकमले ल्यायो प्रिपेड ग्राहकका लागि शुभ रात्री प्याकेज, ८५ रुपैयाँमा १२ सय एमवी डाटा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि शुभ रात्री प्याकेज योजना ल्याएको छ । टेलिकमको उक्त योजना राती ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ । यो योजना भदौं १८ गतेदेखि कार्यान्वयनमा आउने छ ।

कम्पनीले फेस्टिवल अफर योजना अनुरुप सो डाटा प्याक कार्यान्वयनमा ल्याउन लागेको हो । टेलिकमले १ हप्ता र १५ दिनको गरी दुई ओटा योजना ल्याएको छ ।

जस अन्तरगत प्रिपेड ग्राहकले ४० रुपैयाँमा १ हप्ताको लागि ५ सय एमबी डाटा प्रयोग गर्न सक्नेछन् भने ८५ रुपैयाँमा १५ दिनको लागि १ हजार २ सय एमबी डाटा चलाउन सक्नेछन् । यही भदौं १८ गतेदेखि लागू हुने सो योजना असोज १ गतेसम्म चल्नेछ ।

उपभोक्ताले ५ सय एमबी डाटा खरिदका लागि SPECIAL500MB र १ हजार २ सय एमबीको लागि SPECIAL1200MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL