Logo

को बन्ला टेलिकममा नयाँ प्रबन्ध निर्देशक ? यस्ता छन् प्रतिस्पर्धी !

को बन्ला टेलिकममा नयाँ प्रबन्ध निर्देशक ? यस्ता छन् प्रतिस्पर्धी !


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । बाहालवाला प्रवन्ध निर्देशकको समयावधि सकिनै लाग्दा नेपाल टेलिकममा नयाँ छनौंटको सरागर्मी बढेको छ । हालका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको पदावधि सकिनै लाग्दा नयाँ छनौटका लागि खेल शुरु भएको छ ।

आचार्यले यही भदौं २० गते टेलिकमको प्रवन्ध निर्देशकबाट अवकाश पाउँदै छन् । नयाँ नियुक्तीको लागि केही समयभित्रै सूचना तथा संचार मन्त्रालयले आवेदन माग्दैछ । नयाँ नियुक्तीका लागि मन्त्रालयले बढीमा २ हप्ताभित्र आवेदन माग्नुपर्ने हुन्छ । सो पदका लागि टेलिकम भित्र तथा वाहिरका अन्य व्यक्तिले पनि प्रतिस्पर्धा गर्न पाउँनेछन् । तर, प्रवन्ध निर्देशक नियुक्ती सम्बन्धी नियमावलीले टेलिकमभित्रै कार्यरत कर्मचारीलाई बढी प्रशय दिएका कारण भित्रबाटै बढी प्रतिस्पर्धा हुने देखिएको छ ।

केही समयअघि मात्रै मन्त्रिपरिषद्ले स्वीकृति गरेको नियमावली अनुसार टेलिकममा कार्यरत आठदेखि ११ औं तहसम्मका कर्मचारीले प्रवन्ध निर्देशकका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् । जसका लागि सिमित अवधि र स्नातकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था छन् । नियमावलीले वाहिरबाट आउनेभन्दा भित्रकै कर्मचारीलाई ३ नम्बर बढी ग्रेस दिने भएकाले पनि उक्त प्रतिस्पर्धामा हाल कार्यरतमध्येबाटै छनौट हुने सम्भावना बढी रहेको एक अधिकारीले बताए ।

हाल टेलिकममा १३ जना निर्देशक कार्यरत छन् । पढाइका कारणले त्यसमध्येबाट ५/६ जनाले मात्र प्रवन्ध निर्देशकको प्रतिस्पर्धामा भाग लिन सक्ने टेलिकमको नेपाल राष्ट्रिय कर्मचारी संगठनका पूर्व अध्यक्ष सुनिलकुमार मिश्र बताउँछन् । तर, ८ तहदेखि ११ तहसम्मका कर्मचारी समावेश हुन सक्ने भएकाले टेलिकम भित्रबाटै ४० जनाभन्दा बढी प्रतिस्पर्धी निष्कने उनको तर्क छ । नयाँ नियमावली अनुसार बाहालवाला प्रबन्धन निर्देशक आचार्यले पनि उक्त प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् ।

टेलिकम स्रोतका अनुसार हाल कार्यरत निर्देशकमध्येबाट सुर्यभक्त पोखरेल, रविन्द्र झा, कामिनीराज भण्डारी, लोचन अमात्यलगायतका निर्देशकले प्रवन्धन निर्देशक पदका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् । यसैगरी प्रवन्धकहरुबाट सुनिल पोखरेल लगायतका कर्मचारीहरुले उक्त प्रतिस्पर्धामा सहभागी जनाउन सक्नेछन् ।

नियमावली अनुसार प्रवन्ध निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ती गर्नुपर्ने छ । उक्त पदमा योग्यता पुगेका वाहिरका अन्य व्यक्तिले पनि प्रतिस्पर्धा गर्न सक्ने भएपनि नियमावलीले कार्यरत कर्मचारीलाई ३ नम्बर बढी प्रदान गरेकाले भित्रबाटै हुने सम्भावना बढी रहेको छ ।

तत्कालिन प्रवन्ध निर्देशक नियुक्ती हुँदा प्राविधक समुहबाट मात्र नियुक्ती हुनुपर्ने भन्दै टेलिकम भित्रकै कर्मचारीले विरोध गरेका थिए । तर, नयाँ नियमावली अनुसार योग्यता पुगेका जुनसुकै क्षेत्रका व्यक्तिले पनि सो पदमा लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL