Logo

आपतकालिन दूरसञ्चार मस्यौदा सार्वजनिक, २ महिनाभित्र मन्त्रिपरिषदमा पेश

आपतकालिन दूरसञ्चार मस्यौदा सार्वजनिक, २ महिनाभित्र मन्त्रिपरिषदमा पेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्राकृतिक तथा क्रृतिम विपत्तिमा समेत दूरसञ्चार सेवा प्रदान गर्ने उद्देश्य अनुरुप राष्ट्रिय आपतकालिन दूरसञ्चार निरन्तरता योजना (एनईटीसीपी) को मस्यौदा सार्वजनिक गरेको छ । प्राधिकरणले सोमवार उक्त मस्यौदा सार्वजनिक गरेको हो ।

विपत्तिमा समेत दूरसञ्चार सेवा दिन राष्ट्रिय आपतकालिन दूरसञ्चार योजना कार्यन्वयनमा ल्याउन लागेको हो । जसअनुसार भूकम्प, बाढीपहिरो, आगलागीलगायत प्राकृतिक प्रकोपको अवस्थामा अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवालाई निरन्तरता दिन योजना अघि सारिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । सो योजनाले विपत्तिको अवस्थामा हुनसक्ने धनजनको क्षतिलाई समेत न्यूनीकरण गर्ने उनले बताए ।

उनका अनुसार गत बर्षको बैशाखमा गएको भुकम्पपछि सो योजनाको आवश्यकता महशुस गरी मस्यौदा तयारी गरिएको थियो । हाल उक्त मस्यौदा सार्वजनिक गरिएको र १ महिनाभित्र विभिन्न सरोकारवाला तथा विज्ञको सुझाव संकलन गरिने भएको छ । साथै आगामी २ महिनाभित्र कार्यान्वयनमा ल्याउनका लागि मन्त्रिपरिषदमा मस्यौदा बुझाइने भएको छ ।
सोमवार सार्वजनिक उक्त मस्यौदामा आपतकालिन सञ्चार सेवाका लागि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा क्रियाशील सेवाप्रदायक र निकायहरूको कर्तव्य र अधिकारलाई स्पष्ट रूपमा व्याख्या गरिएको छ । प्राधिकरणका अनुसार रोकथाम तथा पूर्वतयारी, उद्धार र पुनःस्थापना गरी ३ चरणमा योजनालाई स्पष्ट पारिएको छ । दूरसञ्चार प्रदायकले संकटका बेलामा प्रयोगकर्तालाई दिनुपर्ने सुविधालगायतको बारेमा सुझावसहित सो योजना तयार पारिएको हो ।

मन्त्रालयले पास गरेपछि प्राधिकरणले त्यस सम्वन्धी थप कार्य अगाडी बढाउने भएको छ । ‘इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियु)का विज्ञले भूकम्पपछिको नेपालको दूरसञ्चारको अवस्था तथा सो योजना लागु गर्न मिल्ने नमिल्ने बारे अध्ययनको रिपोर्ट बुझाएको थियो । दूरसञ्चार प्रदायकले संकटका बेलामा प्रयोगकर्तालाई दिनुपर्ने सुविधालगायतको बारेमा सुझावसहित सो योजना तयार पारिएको हो ।

के–के छन् मस्यौदामा ?

योजनामा संकटको वेलामा द्रुत मार्गबाट उपकरण खरीद गर्ने, अपरेटरलाई संकटमा लागि आवश्यक न्यूनतम उपकरण स्टकमा राख्न लगाउनेजस्ता विषय समावेश गरिएको छ । भुकम्प, बाढी पहिरोलगायतले सेवा प्रदायकहरुको उपकरण विग्रदा सञ्चार अवरुद्ध हुनेभएकोले त्यस्तो अवस्थामा तत्काल उपकरण खरीद गर्न दु्रत मार्गको माध्यम प्रयोग गरिने बताइएको छ ।

अर्यालका अनुसार प्रत्येक सेवा प्रदायकहरुलाई संटकका लागि विग्यान, युएचआर, स्याटलाइट, वाकीटकीलगायत अत्यावश्यक उपकरण स्टकमा राख्न लगाइनेजस्ता बिषय सो योजनामा समाबेश छ । त्यस्तै विपत्तिको बेलामा सवैले एकै पटक फोन गर्दा नेटवर्क (कन्जेनस) विजी हुँदा फोन नलाग्ने समस्या हुन्छ । त्यसले गर्दा सुरक्षा निकाय वा अन्य महत्वपूर्ण निकायसँग सञ्चार गर्न समेत समस्या हुने भन्दै प्रायोरिटी कल रुटिङग गरिने छ ।

त्यसैगरी संकटका बेलामा उद्धारका लागि एउटा इमरजेन्सी नम्वरको समेत व्यवस्था गर्न लगाइने छ । ‘संकटमा मानिसहरुले कुन नम्वरमा फोन गर्ने भन्ने वारे दोधार नहुन भन्ने उद्देश्यका साथ एउटा इमरजेन्सी नम्वरको व्यवस्था गर्न लगाइएको हो,’ उनले भने ।

संकटमा सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्तालाई एसएमएसको माध्यमबाट सचेत गराउनेजस्ता विषय पनि योजनामा उल्लेख छ । सो योजना लागू भएपश्चात सम्भावित संकट पहिचान गरि मानिसहरुलाई सुरक्षा दिन सकिने उनको विश्वास छ । विभिन्न स्टेकहोल्डरहरुको सो समयमा भुमिका र कर्तव्यलाई समेत समयतालिका सहित निर्धारण सो योजनामा गरिएको छ ।

यो एनटीएको मास्टर प्लान हो । एनटीएले आपतकालिन दूरसञ्चार योजनाका लागि यसअघि सन् २०१३ मा मस्यौदा तयार पारेको थियो । गतवर्षको भूकम्पपछि अन्तरराष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू)को सहायतामा नेपाल आपतकालिन दूरसञ्चार निरन्तरता व्यवस्थापन प्रणाली (एनईटीसीओएमएस) तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL