Logo

भाइवरले गर्यो नेपालमा लगानीको घोषणा, नेपालमा मात्र ४५ लाख प्रयोगकर्ता

भाइवरले गर्यो नेपालमा लगानीको घोषणा, नेपालमा मात्र ४५ लाख प्रयोगकर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भाइवरले नेपालमा आफ्नो लगानी भित्र्याउने भएको छ । भाइवरको लागि नेपाल एक प्राथमिक बजार भएको र निकट भविश्यमै लगानी गरिने भाइवर साउथ एसिया क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए । ‘पब्लिक च्याटको सफलता पछि ग्राहकहरु माझ हामीले थप नयाँ अफर ल्याउने योजना बनाएका हौं,’ उनले भने, ‘प्रयोगकर्ताहरुलाई आफ्नै भाषामा भावना व्यक्त गर्न सजिलो बनाउने उद्देश्य अनुरुप नयाँ र विशेष प्याक शुरु गर्ने निर्णय गरेका हौं ।’ पछिल्लो समय नेपालमा भइवरको प्रयोगकर्ता बढ्दै गएकाले लगानी गर्न लागिएको समेत उनले स्पष्ट पारे ।

केही समयअघि भाइवरले टुबोर्गसँगको सहकार्यमा पहिलो पटक स्थानीयकृत स्टिकर ल्याएको थियो । त्यसको सफलतासँगै भइवरले नेपाली भाषामा आफ्नो पहिलो स्टिकर सार्वजनिक गरेको हो । नेपालमा प्रचलित सामाजिक संजालमा भइवरले छोटो समयमा गति लिएको र सोही अनुरुप नेपाललाई आफ्नो बजार विस्तारको योजनामा राखेको कम्पनीले जानकारी दिएको छ । सोही सफलतासँगै भाइवर नेपालमा एक ठूलो डिजिटल संचार एपको रुपमा स्थापित हुने कम्पनीको दावी छ ।

भाइवरले दिएको जानकारी अनुसार विश्वभर उसको ७ करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् । जसमध्ये नेपालमा मात्रै ४५ लाखभन्दा बढी रहेका छन् । भाइवरले केही समयअघि नयाँ वर्ष २०७३ लाई लक्षित गरी १० हजार रुपैयाँभन्दा बढीको स्टिकर निशुल्क उपलब्ध गराएको थियो । जसले गर्दा नेपालीहरुमाझ भाइवरले लोकप्रियता कमाएको थियो । कम्पनीले आगामी दिनमा नेपाली ग्राहकको मागलाई मध्यनजर गर्दै स्थानीय सेवाप्रदायकसँगको सहकार्यमा केही समयभित्रै सेवा विस्तार योजना समेत घोषणा गर्ने जानकारी छ ।

कार्यक्रममा पूर्व मिस नेपाल अर्थ नगना श्रेष्ठले भाइवरको पब्लिक च्याट नौलो र रमाइलो हुनुका साथै यसमार्फत आफ्ना भनाइ व्यक्त गरी विश्व सामु पुर्याउन सकिने बताइन् । यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रका कलाकारले भाइवरको पब्लिक च्याटले आफुहरुलाई विश्वसामु परिचित बनाउन सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए । पब्लिक च्याटमार्फत प्रयोगकर्ताले आफुलाई मनपर्ने सेलिब्रेटी, प्रेरक तथा विभिन्न ब्राण्डहरु पछ्याउन सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL