Logo

सुचनाप्रविधिमा सरकारको वार्षिक अर्बौ लगानी, प्रगती शुन्य

सुचनाप्रविधिमा सरकारको वार्षिक अर्बौ लगानी, प्रगती शुन्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले विभिन्न मन्त्रालयहरुमा सुचना प्रविधिका लागि वार्षिक अर्बौ रुपैयाँ लगानी गरेपनि त्यसबाट राम्रो प्रतिफल आउन नसकेको सार्वजनिक खर्च तथा वित्तीय व्यवस्थापन सचिवालयका संयोजक केवलप्रसाद भण्डारीले बताए । ‘चालू आर्थिक वर्षमा विभिन्न मन्त्रालयको सुचना प्रविधि सुधार तथा डाटा सेन्टरका लागि सवाँ अर्व रुपैयाँभन्दा बढी खर्च भएको छ,’ उनले भने, ‘तर, त्यसको प्रगति भने छैन ।’

सरकारले विभिन्न मन्त्रालयको सुचना प्रविधि क्षेत्र सुधारका लागि गरेको खर्च अनुसारको उपलब्धि नभएको उनको भनाइ थियो । ‘अहिले सुचना प्रविधि भनेको इमेल पठाउनका लागि मात्र प्रयोग भइरहेको छ,’ उनले भने, ‘सरकारी कार्यालयले आईटीको सही सदुपयोगन गर्न सकेनन् ।’

मन्त्रालय तथा त्यस अन्तरगतका विभागले विभिन्न खालका सफ्टवेयर खरिद तथा सुचना प्रविधिका लागि वार्षिक करोडौं रुपैयाँ बजेट माग्ने गरेको र त्यो रकम खर्च भएपनि प्रतिफल भने दिन नसकेको उनको गुनासो थियो । ‘सरकाले खर्च गरेअनुसार सरकारी कार्यालय आइटी क्षेत्रमा धेरै दक्ष हुनुपर्ने हो,’ उनले भने, ‘तर, सरकारी अफिसको सुचना प्रविधि इमेल इन्टरनेटनमा मात्र सिमित हुन पुगेको छ ।’

उनका अनुसार आगामी दिनमा सरकारी कार्यालयमा हुने यस्ता खालका कामको पुनरावलोकन हनु जरुरी छ । ‘सुचना प्रविधिमा सरकारले वार्षिक अर्बौ रुपैयाँ बजेट विनियोजन गर्दै जाने तर त्यसले प्रतिफल नदिने हो भने त्यसको कुनै औचित्य रहँदैन,’ उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL