Logo

३ लाख मोवाइलको आईएमइआई नम्बर दर्ता, दर्ता नगरे बन्द

३ लाख मोवाइलको आईएमइआई नम्बर दर्ता, दर्ता नगरे बन्द


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरण (एनटिए) मा हालसम्म ३ लाख ओटा मोवाइल फोनको आईएमईआइ नम्बर दर्ता भइसकेको छ । गत बैशाखदेखि मोवाइलको आईएमईआइ नम्वर दर्ता अनिवार्य गरेसँगै सो प्रति ग्राहकको आकर्षण बढेको प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । प्राधिकरणले वैशाख १ गतेदेखि अनिवार्य रुपमा मोबाइलको आईएमईआइ दर्ता गर्नुपर्ने नियम लागू गरेको थियो ।

मोबाइलको प्रयोग तथा बिक्री वितरण थप व्यवस्थित र नियमित बनाउने उद्देश्यका साथ आईएमइआई दर्ता अनिवार्य गरेको प्रवक्ता अर्यालले जानकारी दिए । ‘पछिल्लो समय मोवाइल चोरी हुने तथा मोवाइलबाट आपराधिक क्रियाकलाप गर्ने बढेको पाइयो,’ उनले भने, ‘त्यस प्रकारका आपराधिक क्रियाकलाप रोक्न यस्तो व्यवस्था गरेका हौं ।’ आईएमईआइ दर्ता नगरेमा त्यस्ता मोवाइल सेट नै ब्लक गरिने छ ।

त्यस्तै भन्सार छलिलाई हटाएर देशको राजस्व बढाउन सहयोग गर्ने उद्देश्यका साथ नयाँ व्यवस्था लागु गर्न लागेको उनले जानकारी दिए । अबैध रुपमा भित्रिएका तथा विदेशबाट उपहार स्वरुप आएका अधिकांश मोवाइलमा आईएमइआई नहुने भएकोले त्यस्ता मोवाइल प्रयोगकर्ताले समयमै विचार पुर्याउन अर्यालले सुझाव छ ।
प्राधिकरणले करिव ४ महिनाअघि तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’ (एनइआईआर) को अन्तरिम कार्यविधीले आधिकारिक आईएमइआई नम्बर नभएका मोबाइल ब्लक गराउने निर्णय गरेको हो । एनआइइआर नाम दिइएको सो निर्देशिकाले मोवाइलको तस्करी, कालोबजारी रोक्ने र हराएका मोवाइलको ट्रयाकीङ तथा व्लकिङ गर्ने समेत बताइएको छ । मोवाइल प्रयोगकर्ताले स्टार ह्यास शुन्य ६ ह्यास डायल गरेर आफ्नो मोवाइलको आईएमइआई नम्वर पत्ता लगाउन सक्छन् । साथै मोवाइलमा व्याट्रि राख्ने भागमा पनि आईएमइआई नम्वर दिइएको हुन्छ ।

त्यस्तै आइएएमईआर्ई नम्वरमार्फत मोवाइल सेवा प्रदायकले हराएका या चोरी भएका मोवाइल ट्रयाक गर्न सक्छन् । जसले गर्दा अपराधिक क्रियाकलाप पनि कम हुन्छ भने अवैध व्यापार नियन्त्रण गर्नुका साथै देशको राजस्व समेत बृद्धि गर्छ । एनटिएले नेपालमा हाल प्रयोगमा रहेका मोबाइललाई निगरानीमा राख्न शुरु गरिएको जानकारी दिइएको छ ।

मोवाइलको आईएमइआई दर्ताका लागि सम्वन्धित कम्पनीले एनटिएमा निवेदन दिन्छ । एनटीएले नो अब्जेक्सन लेटर भन्सारमा पठाएपछि आईएमईआईको अरु प्रक्रिया शुरु हुने उनले बबताइएको छ । आईएमईआई दर्ता गर्न प्राधिकरणले उपलब्ध गराएको निवेदन भरेर उपलब्ध गराइएको इमेल ठेगानामा पठाउने व्यवस्था मिलाइएको प्रवक्ता अर्यालले बताए । एनटिएले मोबाइल ह्यान्डसेट दर्ताअनलाइनबाट पनि उपलब्ध गराउदै आएको छ ।

जसअनुसार प्राधिकरणको वेबसाइटमा गएर अन्तरिम निर्देशिकाको एनेक्स २ बमोजिम उपलब्ध भएको निवेदनका साथ मोबाइल प्रयोगकर्ताको नागरिकता वा अन्य कुनै परिचयपत्रको प्रतिलिपी पनि पेश गर्नुपर्नेछ ।

यसैवीच एनटिएले हराएको मोवाइल पत्ता लगाउने कार्यमा नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । यसका लागि नेपाल प्रहरीसँग छलफल भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL