Logo

टेलिकमको नाफा १ अर्बले घट्यो, ९ महिनामा कमायो सवाँ ९ अर्ब रुपैयाँ

टेलिकमको नाफा १ अर्बले घट्यो, ९ महिनामा कमायो सवाँ ९ अर्ब रुपैयाँ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले चालू आवको चैत मसान्तसम्ममा ९ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिमा १ अर्ब रुपैयाँभन्दा बढीले कमि हो । टेलिकमले गत आवको सोही अवधिमा कुल १० अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

टेलिकमको खुद नाफा सँगै प्रति सेयर आम्दानीमा समेत गिरावट आएको छ । गत आवमा प्रति सेयर आम्दानी ९२ रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा घटेर ८२ रुपैयाँमा झरेको छ ।

टेलिकमको कुल आम्दानी गत आवको तुलनामा ४ अर्ब रुपैयाँ बढी छ । तर, सोही अनुपातमा खर्च पनि बढेकाले खुद आम्दानी घट्न गएको हो । गत बैंशाखमा आएको महाभुकम्पले टेलिकमको संरचनाहरुमा क्षति पुर्याकाले त्यसको मर्मतका लागि खर्च बढ्न गएको हो । यसैगरी कर्मचारीलाई स्वेच्छिक अबकाश रकम दिँदा पनि ठूलो रकम भार पर्न गएको छ ।

हाल टेकिमको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । यसैगरी कम्पनीकोे जगेडा कोषमा ७१ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL