Logo

एनसेल खरिदमा एक्जिएटाले नेपाललाई दियो धन्यवाद, कार्यकारी भन्छन् ‘सरकारसँग काम गर्न इच्छुक छौं’

एनसेल खरिदमा एक्जिएटाले नेपाललाई दियो धन्यवाद, कार्यकारी भन्छन् ‘सरकारसँग काम गर्न इच्छुक छौं’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दुरसञ्चार कम्पनी एनसेल खरिद प्रक्रिया पुरा भएको दाबी गर्दै खरिदकर्ता एक्जिएटा गु्रप बरहदले प्रक्रियामा सहयोग पु¥याएको भन्दै नेपाल सरकार सहित मलेसिया सरकारलाई धन्यवाद दिएको छ । गु्रपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत श्री जमलुदिन इब्राहिमले एनसेल खरिद प्रक्रियामा नेपाल सरकार अन्तर्गतका सबै निकायले दिएको स्विकृती प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

कम्पनीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उनले भनेका छन् ‘एनसेल खरिद प्रक्रियामा नेपाल तथा मलेसिया सरकारका निकायले दिएको स्विकृतीका लागि हामी आभारी छौं’ । उनले नेपाली जनताको गुणस्तरिय जीवनस्तरका लागि भविष्यमा पनि नेपाल सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

एक्जिएटाले सरकारी निकायलाई स्विकृतीका लागि धन्यवाद दिएपनि एनसेल खरिद प्रक्रियामा नेपालले लाभकर पाउने विषयमा भने अझै अन्योलता रहेको छ । लाभकरको टुङ्गो लगाउने निकाय आन्तरिक राजस्व विभागले अहिले सम्म कुनै आधिकारीक निर्णय नगरेपनि एक्जिएटाका कार्यकारीले खरिद प्रक्रियामा नेपालका सरकारी निकायले दिएको स्विकृती प्रति व्यक्त गरेको आभारलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL