Logo

यातायात क्षेत्रलाई प्रबिधिमैत्री बनाउँदै बससेवा, अपरेटर एप्स सञ्चालनमा

यातायात क्षेत्रलाई प्रबिधिमैत्री बनाउँदै बससेवा, अपरेटर एप्स सञ्चालनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यातायात क्षेत्रलाई प्रबिधिमैत्री बनाउने उद्देश्य अनुरुप ससेवा डटकमले एप सञ्चालनमा ल्याएको छ ।

अनलाईनबाट बस टिकट उपलब्ध गराउँदै आएको बससेवा डटकमले एप्स् संचालनमा ल्याएको हो । उक्त एप्समार्फत बस व्यवसायीहरूलाई सिट चार्ट व्यवस्थित गर्न तथा आपसमा समन्वय गर्न सहज हुनेछ । यो एप्स् प्रयोगपछि धेरै स्थानमा रहेका काउण्टरबाट बसको टिकट काट्दा सिट दोहोरिने समस्या हट्नेछ ।

यस्तै यात्रुहरुले पनि काउण्टरमा उपलब्ध कोटाको सिटमात्र काट्नुु पर्ने बाध्यताबाट मुक्ति पाउनेछन् । यो एप्स् प्रयोग गर्दा गाडिको कोटा छुट्याउनु नपर्ने र सुरूमा पुग्ने यात्रुले जुनसुकै काउण्टरबाट आफुले चाहेको सिट रोज्न पाउनेछन् । यसअघि धेरै स्थानमा रहेका बस काउण्टरहरूले फोन मार्फत् टिकट सूचीको विवरण सोध्नुपर्ने अवस्था भएपनि अब त्यो बाध्यता हट्नेछ ।

बस अपरेटरहरुले एप्समा नै टिकटकोे विवरण हेर्नमिल्ने, अपडेट गर्न सकिने हुँदा टिकटिङ प्रक्रिया निकै सहज र पारदर्शी हुने बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पर्शुराम खनालले बताए ।

यातायात व्यवसायीले बससेवा डटकममा सम्पर्क गरि आफ्नो नम्बर रजिष्ट्रार गराएर यो एप्स् प्रयोग गर्नसक्नेछन् । बससेवाले यातायात व्यवसायीको मोबाईल नम्बर रजिष्ट्रर गरिदिएपछि यातायातका व्यवसायी, कर्मचारी र सहयोगी सबैले यो एप्स् प्रयोग गरी सम्पूर्ण विवरण हेर्न सक्नेछन् ।

बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । इसेवा एकाउण्ट भएका ग्राहकले इसेवा मार्फत् र एकाउण्ट नभएको अवस्थामा नजिकको इसेवा, जोन, पोइन्ट, अनलाइन पेमेन्ट, तथा अन्य साइबर कम्युनिकेशनबाट टिकट काट्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL