Logo

हुवावेको ‘मेट ८’ र ‘जीआर ५’ सार्वजनिक, मुल्य ८० र ३४ हजार

हुवावेको ‘मेट ८’ र ‘जीआर ५’ सार्वजनिक, मुल्य ८० र ३४ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । मोवाइल निर्माता कम्पनी हुवावेले ‘हुवावे मेट ८’ स्मार्टफोन सार्वजनिक गरेको छ । हुवावेले एक कार्यक्रमबीच मेट ८ र जीआर ५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको हुवावे मेट ८ मा हिसिलिकन किरिन ९५० सहित ६४ विट प्रोसेसर रहेको रहेको र ५.१ को एन्ड्रोइड ६.० मार्समाल्लो इमुई ४.० को लेटेस्ट भर्सन राखिएको छ । सो फोनमा ६४ जिवी रोम तथा ६ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । मोवाइलमा ४ जिवीको ¥याम रहेको छ ।

¥यामको क्षमता विस्तारगरी १ सय २८ जिबीसम्म पुर्याउन सकिने छ । हुवावे मेट ८ मा १६ मेगापिक्सलको रियर क्यामेरा छ भने ८ मोगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।
१९२०×१०८० को रिजोलुसन भएको ब्रोडरलेस क्रिष्टल डिस्प्ले भएको सो स्मार्टफोनमा हालसम्मकै सवैभन्दा धेरै ४ हजार एएमएच लिथियन आयोन ब्याट्री राखिएकोले धेरैवेरसम्म टिक्ने कम्पनीको दावी छ । मोवाइललाई १ पटक फुल चार्ज गर्दा ४ दिनसम्म लगातार गित सुन्न तथा ३ घण्टाको ८ ओटा चलचित्र हेर्न सकिने कम्पनीले बताएको छ । कम्पनीले उक्त फोनको बजार मुल्य ८० हजार रुपैयाँ तोकेको छ ।

यसैगरी, कम्पनीले सार्वजनिक गरेको हुवावे जीआर ५ मा ५.५ इञ्चको फुल एचडी डिस्प्ले तथा १६ जिवी रोम रहेको छ । एमएसएम ८९३९ अक्टाकोर १.५ गिगाहर्जको प्रोसेसर रहेको सो फोनमा ५.१ को एन्ड्रोइड ललिपप को लेटेस्ट भर्सन राखिएको छ । कम्पनीले सो मोवाइलको बजार मुल्य ३४ हजार रुपैयाँ तोकेको छ ।

हुवावे जिआर ५ मा फ्ल्यास सहितको १३ मेगापिक्सल रियर क्यामेरा तथा ५ मोगापिक्सलको फ्रन्ट आटोफोकस क्यामेरा रहेको छ । २ जिवीको ¥याम रहेको सो मोवाइलमा १ सय २८ जिबीसम्म मेमोरी विस्तार गर्न सकिन्छ । १९२०×१०८० को रिजोलुसन भएको ब्रोडरलेस क्रिष्टल डिस्प्ले रहेको सो मोवाइलमा ३ हजार एएमएच लिथियन आयोन ब्याट्रि रहेको छ ।

आगामी १ वर्ष भित्र हुवावेलाई १ नम्बर ब्राण्डको रुपमा स्थापित गर्ने लक्ष्य सहित अघि बढेको हुवावेको नेपालका लागि आधिकारिक विक्रेता कल मोविलिटिका डिभाइस मार्केटिङ मेनेजर सुमित प्रधानाङ्ग बताए । गत बर्षको तुलनामा हुवावेको व्यापार ७६ प्रतिशतले बढेको कम्पनीले जानकारी दिएको छ । साथै, स्मार्टफोन मोवाइलको इतिहासमै पहिलो पटक फोनको पछाडि फिङ«प्रिन्ट सेन्सर सहित सुविधा राखिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL