Logo

एनसेलको एनप्याब्सन र प्याब्सनसँग सहकार्य, अनलाइन कक्षाका लागि आकर्षक प्याकेज

एनसेलको एनप्याब्सन र प्याब्सनसँग सहकार्य, अनलाइन कक्षाका लागि आकर्षक प्याकेज



काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सनंं) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा कोरोनाभाइरसको महामारीको अवस्थामा अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ ।

laxmi

एनसेलले यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीकाआधारमा ल्याएको हो । यस सहकार्यले विद्यार्थी, शिक्षक÷शिक्षिका र विद्यालयलाई मोबाइलब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।

यस मासिक योजनामाविद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्द छन् । विद्यार्थीले करबाहेक मासिक रु २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगकालागि २० जिबी डेटा, १ जिबीथ्रिजी(फोरजी डेटा, २ जिबीफोरजी डेटा, सीयूजीनम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् ।

एनप्याब्सन र प्याब्सनसँगको सहकार्यका बारेमा आफ्नो धारणा राख्दै एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “कोभिड–१९ ले शिक्षा क्षेत्र लगायत सबै क्षेत्रमा असर पारेको छ । साथै अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ ।

हामीसबै विस्तारै अबको ‘न्यु नर्मल’सँग अभ्यस्तभइरहेका बेलामा दूरशिक्षाआवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइनशिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ । देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ–लर्निङमा योगदान पुर्याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा हामीहर्षित छौं ।’ एनप्याब्सन र प्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट इ–लर्निङमा सहयोग पुर्याउने बताएका छन् ।

एनप्याब्सनकाअध्यक्ष ऋतु राज सापकोटाले भने, ‘विद्यालयहरुमा पठनपाठन कहिले देखि संचालनहुने निश्चितनभएको हालको अवस्थामाअनलाइन माध्यमबाट विद्यार्थी र शिक्षक/शिक्षिकालाई अध्ययनअध्यापनमा सहयोग पुर्याउनका लागि एनसेलसँग यस विशेष योजनामा हातेमालो गर्न पाउँदा खुसी छौं ।’

‘कोभिड–१९ ले निम्ताएको यस महामारीले हालको शिक्षण प्रणालीलाई नाटकीय ढंगले परिवर्तन गरिदिएको छ र सिकाइकालागिविश्वव्यापी रुपमानै भर्चुअल लर्निङको ट्रेन्ड अप्रत्याशित रुपमा बढेको छ । विद्यालयहरुले हालकालागिभर्चुअल रुपमा नै कक्षाहरु संचालन गर्ने सरकारको नीतिमा यस सहकार्यले सहयोग पुर्याउने कुरामाहामीविश्वस्त छौं,’ प्याब्सनकाअध्यक्ष टीकाराम पुरीले भने ।

यस सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रकाआधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/ शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ

प्रतिक्रिया दिनुहोस्
MBL