Logo

१ अर्ब अमेरिकी डलर बराबरका हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव

१ अर्ब अमेरिकी डलर बराबरका हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव



काठमाडौं । अमेरिकी माथिल्लो सदन (सिनेट)ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर बराबरका चीनको हुवावे र जेडटीईले बनाएका दूरसंचार उपकरणहरु खरिद गर्न दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । यो विधेयकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृित प्रदान गर्नु पर्नेछ ।

संयुक्तराज्य अमेरिकाले चिनियाँ कम्पनीहरूलाई सुरक्षा जोखिमको रूपमा लिन्छ र आफ्ना सहयोगी मुलुकहरुलाई पछिल्लो पुस्ताको दूरसंचार नेटवर्कमा फाइभ–जी समेतका चिनियाँ उपकरण प्रयोग नगर्न दबाब दिइरहेको छ । दुबै कम्पनीले आफ्ना उत्पादन जासूसीका लागि प्रयोग गर्ने गरेको भन्ने अमेरिकी आरोपको खण्डन गरिरहेका छन् ।

सङ्घीय संचार आयोगले अमेरिकी दूरसंचार कम्पनीहरुलाई दुई चिनियाँ कम्पनीका उपकरणहरु प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ । आयोगको यस निर्णयले ज्यादातर साना, ग्रामीण कम्पनीहरूलाई असर गर्नेछ । अमेरिकाका प्रमुख नेटवर्क प्रदायकहरूले चिनियाँ उपकरण प्रयोग गर्दैनन् ।

साना र ग्रामीण क्षेत्रका दूरसंचार प्रदायक कम्पनीहरूले आफ्नो नेटवर्क पुनर्निर्माण गर्न गाह्रो र महँगो हुने भन्दै लगातार गुनासो गर्दै आएका छन् । साना दूरसंचार प्रदायकहरुको छाता संगठनले हुवावे र जेडटीईका उपकरणहरू सस्तो मूल्यमा पाइने र करिब एक अर्ब डलरमा प्रतिस्थापन कार्य सम्पन्न हुने बताएका छन् ।

अमेरिकामा हुवावेका ४० वटा दूरसंचार प्रदायक कम्पनीहरु ग्राहक छन् । ग्रामीण वायरलेस एशोसिएसनले सिनेटले विधेयक पारित गरेकामा धन्यवाद दिएको छ ।

विधेयकले करिब २ लाख ग्राहकहरु समावेश रहेका ग्रामीण दूरसंचार प्रदायकलाई समेट्ने छ । हुवावे र जेडटीईले उक्त विधेयकका बारेमा केही टिप्पणी गरेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL