Logo

एनसेलको रिचार्जमा चमत्कार योजना : गंगामाया र टिकारामले जिते १०/१० लाख

एनसेलको रिचार्जमा चमत्कार योजना : गंगामाया र टिकारामले जिते १०/१० लाख



काठमाडौं । एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । कम्पनीले ‘रिचार्जमा चमत्कार’ योजना अन्तरगत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको हो ।

laxmi

ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले योजना अन्तरगत जनही १०/१० लाख रुपैयाँ हात पारेका छन । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तरगत एनसेलले यो योजना १ मंसिर २०७६ देखि तीन महिना संचालन गरेको थियो ।

राई यस योजना अन्तरगत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख रुपैयाँ हात पारेका हुन । योजनामा हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाएका थिए ।

बिहीबार अन्य ३ जना साप्ताहिक विजेता ग्राहकलाई समेत २/२ लाख रुपैयाँ नगद हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ । योजनाको ११ औं हप्ता अन्तरगत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले २/२ लाख नगद पुरस्कार हात पारेका छन भने १२ औं हप्ताका बिजेता बाराका अरमान देवानले पनि २ लाख रुपैयाँ हात पारेका छन ।

कलाकार जितु नेपाल र सन्ध्या केसीले बिहीबार एक कार्यक्रममाझ मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए । योजना अन्तरगत ६० जना साप्ताहिक विजेता मध्ये ३४ जना ग्राहकहरुले आफ्ना नगद पुरस्कार लिईसकेका छन । बाँकीको प्रमाणिकरण प्रकृयामा रहेको कम्पनीले जानकारी दिएको छ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुने यो योजना आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा संचालनमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL