Logo

माल्डोभाको मोल्डसेलको स्वामित्व नेपालको चौधरी ग्रुपद्धारा खरीद, यस्तो छ किनबेच सम्झौता

माल्डोभाको मोल्डसेलको स्वामित्व नेपालको चौधरी ग्रुपद्धारा खरीद, यस्तो छ किनबेच सम्झौता



काठमाडौं । चौधरी ग्रुपको सीजी क्रोप ग्लोबल अन्तर्गतको सिजी सेल टेक्नोलोजीले स्वीडेनको टेलियाको स्वामित्वमा रहेको वायरलेस अपरेटर मोल्डसेलको शतप्रतिशत सेयर खरिद गरेको छ ।

आगामी २ महिनाभित्र किनबेच सम्पन्न हुनेगरि भएको सो सम्झौता अनुसार मोल्डसेलको सबै स्वामित्व सिजी सेलले ३ करोड १५ लाख डलरमा किन्ने सम्झौता शुक्रबार गरेको हो ।

टेलियाले विज्ञप्ति जारी गर्दै शेयर खरिदविक्रीको सम्झौता भएको पुष्टि गरेको छ । मोल्डोभाको कम्पनी मोल्डसेल अहिले फिन्चर होल्डिङ्सको शतप्रतिशत स्वामित्वमा छ । यो टेलिया कम्पनीको शतप्रतिशत स्वामित्वमा रहेको होल्डिङ कम्पनी हो ।

सीजी सेल टेक्नोलोजीमा भने सीजी कर्प ग्लोबलको शतप्रतिशत होल्डिङ्स छ जुन चौधरी ग्रुप अन्तर्गतको अन्तर्राष्ट्रिय होल्डिङ कम्पनी हो ।

सीजीसँग कम्पनी बिक्रीको सम्झौता गर्दै टेलिया कम्पनीका कार्यवाहक अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत क्रिष्टिन लुइगाले जारी विज्ञप्तिमा कम्पनी बिक्री गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । र भावी यात्राका लागि सीजीलाई शुभकामनासमेत व्यक्त गरेका छन् ।

सीजी टेलले नेपालमा दूरससंचार कम्पनी सञ्चालन गर्न भन्दै सरकारसँग यूनिफाइड लाइसेन्स मागेको थियो। तर, सरकारले भने २० अर्व रुपैयाँ दिएमात्र लाइसेन्स दिने बताएको थियो। त्यसपछि चौधरी ग्रुपले पत्रकार सम्मेलन नै गरेर मन्त्रीले भनेको २० अर्व एकमुष्ट नभई नवीकरण शुल्क १० वर्षसम्म तिनुपर्ने कानूनी प्रावधान रहेको जनाएको थियो। त्यसयता सरकार सिजी गु्रपबीच एक प्रकारको लडाइँ चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL