Logo

नेपाल टेलिकमको एकातिर वार्षिकोत्सव, अर्कोतिर कर्मचारी आन्दोलन (तस्वीरसहित)

नेपाल टेलिकमको एकातिर वार्षिकोत्सव, अर्कोतिर कर्मचारी आन्दोलन (तस्वीरसहित)



काठमाडौं । देशकै सबैभन्दा ठुलो दूरसंचार सेवा प्रदायक नेपाल टेलिकम (नेपाल दूरसंचार कम्पनी)ले बुधबार वार्षिकोत्सव मनाइरहेको छ ।

laxmi

टेलिकमको मुख्य कार्यालय भद्रकालीमा आयोजित वार्षिकोत्सवमा भने रोचक दृश्य देखिएको छ । कम्पनीको वार्षिकोत्सवमा कर्मचारीहरु खुशी हुँदै सहभागी हुनुपर्नेमा टेलिकमका केही कर्मचारी भने कम्पनीकै विरोधमा वार्षिकोत्सव समारोहमै आन्दोलनमा उत्रेका छन् ।

telecom 2

टेलिकमका पेन्सविहीन कर्मचारीहरुले विभिन्न माग राख्दै वार्षिकोत्सव समारहेमै आन्दोलन गरेका हुन् । ५० भन्दा बढी कर्मचारीहरुले अहिले पनि पेन्सविहीन कर्मचारीहरुलाई पेन्सन, चालू आयोजनाहरुको तेश्रो पक्ष मूल्यांकन, राजश्व वृद्धि तथा ट्रेड यूनियन अधिकारको रक्षा गरियोस भन्दै नारा लगाइरहेका छन् ।

यी कर्मचारीहरुको आन्दोलन सम्बन्धमा भने टेलिकम व्यवस्थापनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL