Logo

अब फ्रिक्वेन्सी बढाबढमार्फत दूरसंचार सेवाको लाईसेन्स पाईने, सेवाप्रदायकको सुझाव लिइदैं

अब फ्रिक्वेन्सी बढाबढमार्फत दूरसंचार सेवाको लाईसेन्स पाईने, सेवाप्रदायकको सुझाव लिइदैं



काठमाडौं । अब कुनैपनि दूरसंचार सेवाप्रदायकले दूरसंचार सेवाको अनुमतिपत्र लिनका लागि फ्रिक्वेन्सी बढाबढ गरेर मात्रै लिन पाउने भएका छन । हाल मन्त्रालयमा रहेको दूरसंचार विधेयकमा अनुमतिपत्र पाउनका लागि फ्रिक्वेन्सी बढाबढ गर्नुपर्ने प्रावधान राखिएको छ ।

laxmi

दूरसंचार ऐन २०५३ लाई प्रतिस्थापन गर्ने गरी ल्याउन लागिएको उक्त नयाँ विधेयकको मस्यौदामा फ्रिक्वेन्सी बढाबढमार्फत सेवाप्रदायकलाई लाईसेन्स दिने प्रावधानको प्रस्ताव गरिएको दूरसंचार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

दूरसंचार ऐन २०५३ मा भने कुनै सेवाप्रदायकले लाईसेन्स लिन चाहेको खण्डमा अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर तथा रोयल्टीमा बढाबढ गरेर दिने उल्लेख गरिएको छ । मन्त्रालयमा छलफलमा रहेको उक्त विधेयकको मस्यौदामा भने कुनैपनि २ वा २ भन्दा बढी सेवाप्रदायकले दूरसंचार सेवाको अनुमतिपत्र लिन चाहेमा पहिले फ्रिक्वेन्सी बढाबढमा भाग लिएर जितेमात्रै लाईसेन्स पाउनेछन ।

सरकारले लाईसेन्स वितरण नियन्त्रण गर्न र उक्त प्रावधान राखेको प्राधिकरणले जानकारी दिएको छ । विभिन्न विकसित देशमा रहेको उक्त प्रावधान नेपालमा पनि ल्याउन लागिएको हो । उक्त प्रावधानका विषयमा हाल विभिन्न सेवाप्रदायकसँग प्रतिक्रिया लिने काम भईरहेको छ ।

उक्त विधेयकको उक्त प्रावधान लागु भए लाईसेन्स प्राप्त गर्नका लागि पाईपलाईनमा भएका फ्रिक्वेन्सी आवश्यक पर्ने सेवाप्रदायकलाई सरल हुनेछ । सेवाप्रदायकको प्रतिक्रियापछि उक्त मस्यौदा संसदमा जाने र मन्त्रिपरिषदमार्फत पास गरिनेछ ।

विधेयकमा दूरसंचार सेवामार्फत गाली वा धम्की दिए १ बर्ष जेल र १५ लाख रुपैयाँसम्म जरिवानाको प्रावधानसमेत राखिएको छ । उक्त प्रावधान अनुुसार कुनै व्यक्तिले कसैलाई धम्की दिने, जिस्क्याउने लगायतका काम गरे कानूनबमोजिम कारबाही हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL