Logo

विश्वकै पहिलो फाईभजी ल्यापटप ‘लेनेभो योगा फाईभजी’ सार्वजनिक गर्दै लेनेभो, यस्ता हुनेछन् विशेषताहरु

विश्वकै पहिलो फाईभजी ल्यापटप ‘लेनेभो योगा फाईभजी’ सार्वजनिक गर्दै लेनेभो, यस्ता हुनेछन् विशेषताहरु



काठमाडौं । लेनेभोले विश्वमै पहिलो फाईभजी ल्यापटप सार्वजनिक गर्ने भएको छ । लेनेभोका बरिष्ठ उपाध्यक्ष जोनसन जियाले एक अन्तरर्वातामा चालु बर्षभित्रै उक्त ल्यापटप सार्वजनिक गर्ने बताएका हुन ।

पछिल्लो समय सबैले सन २०२० लाई नै फाईभजी बर्षको रुपमा मानेका छन । यसले प्रविधि क्षेत्रमा धेरैभन्दा धेरै उथलपुथल ल्याउने निश्चित छ । यस्तै ब्रोडब्याण्ड कनेक्सनका साथै अतिकम समयमै धेरै स्थानमा डाटाको पहुँच पुर्याउन सक्ने हुनाले ईन्टरनेट वा क्लाउडसँग धेरैभन्दा धेरै डिभाईसलाई जोड्न सहयोग पुग्नेछ । त्यही अनुसार प्रयोगकर्ताहरुले फोन लगायत आफ्ना कम्प्युटरहरुसमेत यससँग आवद्ध गराउने उनको भनाई छ ।

उनका अनुसार लेनेभो योगा फाईभजी नाम दिईएको उक्त ल्यापटप विश्वकै पहिलो फाईभजी सपोर्ट गर्ने ल्यापटप हुनेछ । गत बर्ष मात्रै उक्त ल्यापटपमा क्वालकम कम्पनीको चीपका साथ बनाईसकिएको उक्त ल्यापटप यो बर्ष सार्वजनिक गर्ने उनको भनाई छ । उनले फाईभजी ल्यापटपले द्रुत गतिको ईन्टरनेट सुविधाका साथै अतिकम समयमा डाटा ट्रान्सफर गर्नमा सहयोग पुग्नेछ ।

उक्त ल्यापटपमार्फत प्रयोगकर्ताहरुले छोटो समयमै उच्च गुणस्तरको कन्टेन्ट डाउनलोड गर्न सक्नेछन । यस्तै फाईभजी फोरजी सेवाभन्दा १० गुणाले तिव्र हुने समेत उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL