Logo

सरकारलाई कर बुझाएकै दिन एनसेलको टावरमा आगजनी, किन हुँदैछ वैदेशिक लगानी असुरक्षित

सरकारलाई कर बुझाएकै दिन एनसेलको टावरमा आगजनी, किन हुँदैछ वैदेशिक लगानी असुरक्षित



निजगढ । बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ।

सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए। वैदेशिक लगानीमा सञ्चालित एनसेलले मंगलबारमात्रै सरकारलाई तिनुपर्ने लाभकर वापतको साढे चार अर्ब रकम बुझाएको थियो ।

आगजनी कसले गर्यो भन्ने नखुलेको प्रहरी उपरीक्षक खनालको भनाइ छ। स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टावर मङ्गलबार राति करिब १० बजेका समयमा आगजनी भएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए। आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको बताउँदै उहाँले टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको भए पनि बिटिएस भने सुरक्षित रहेको छ।

कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
MBL