Logo

एनसेलले लाभ कर वापतको साढे ४ अर्ब तिर्याे, बाँकी रकम भने किस्तावन्दीमा तिर्ने एनसेलको पत्र

एनसेलले लाभ कर वापतको साढे ४ अर्ब तिर्याे, बाँकी रकम भने किस्तावन्दीमा तिर्ने एनसेलको पत्र



काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल प्राईभेट लिमिटेडले सरकारलाई बुझाउनुपर्ने लाभ कर वापतको ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ ।

मंगलबार ठुला करदाता कार्यालयलाई बुझाउनुपर्ने २२ अर्ब ६४ करोडमध्ये साढे ४ अर्ब रुपैयाँ तिरेको हो । ठूला करदाता कार्यालयलाई मंगलबार उक्त रकम बुझाएर अन्य बाँकी रकम भने किस्तावन्दीमा तिर्ने पत्र एनसेलले बुझाएको स्रोतले जानकारी दिएको छ ।

ठूला करदाता कार्यालयले गत मंसिरमा १५ दिनको समय दिएर लाभकर वापतको २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ बुझाउन ताकेता गरेको थियो ।

हाल एनसेलले सरकारलाई बुझाउनुपर्ने ब्याजसहितको लाभकर २२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । एनसेलले लाभकरवापतको उक्त रकमको मासिक व्याजदर मात्रै २३ करोड रुपैयाँले ब्याज बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL