Logo

सर्वसाधारणलाई सेयर जारी गर्दै एनसेल, नाम परिवर्तन गरी पब्लिक कम्पनीमा रुपान्तरण

सर्वसाधारणलाई सेयर जारी गर्दै एनसेल, नाम परिवर्तन गरी पब्लिक कम्पनीमा रुपान्तरण



काठमाडौं । नेपालको निजी दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले अब सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कम्पनीले अब कम्पनी रजिष्ट्रार कार्यालयबाट पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति लिएसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने भएको हो ।

एनसेलले आफ्नो नाम परिवर्तन गर्दै यही सोमबार कम्पनी रजिष्ट्रार कार्यालयबाट पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति लिएको थियो । यस अघि एनसेल प्रालिबाट संचालन हुँदै आएको सो कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण हुँदै अबका दिनमा एनसेल आजीयाटा लिमिटेडबाट संचालन हुने जानकारी दिएको छ ।

कम्पनीले २०७५ सालको बैशाखमै पब्लिक कम्पनीमा जानको लागि आवेदन दिएको थियो । तर लाभकर विवादका कारण अनुमति पाएको थिएन । लकडाउनकै अवधिमा कम्पनीले आफुले तिर्नुपर्ने सबै कर दायित्व चुक्ता गरेको र लाभकरको विवाद अन्त्य भएसँगै कम्पनीले सोमबार पब्लिक कम्पनीको रुपमा काम गर्ने अनुमति पाएको हो ।

कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्था अनुसार ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका दूरसंचार कम्पनीहरुले आगामी बैशाखसम्म पब्लिकमा जानुपर्ने उल्लेख छ । सोही अनुसार एनसेलको हालको चुक्ता पूँजी १० करोड भएकाले पब्लिक कम्पनीको रुपमा कारोबार गर्नेगरी आवेदन दिएको थियो । एनसेल पब्लिक कम्पनीमा गएसँगै अब सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL